होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो । गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
नागरिक रैबार/बाजुरा २६ जेठ। दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको पहलमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक र जगनाथ गाउँपालिकाका २ सय १५ जना मुक्त हलिया परिवारलाई खाद्यन्न वितरण गरिने भएको छ । दलित अधिकारकर्मी सार्कीको पहलमा प्रमोद नेपालको ५० हजार र टिकाराम बरालको १ लाख ८० हजार सहयोगमा उक्त ठाउँका मुक्त हलिया परिवारका लागि खाद्यन्न […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
शर्मिला रोकाया/काेल्टी ९ जेठ। बाजुुुुुराकाेे स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल बैदेशिक रोजगारीमाा रहेका एक ब्यक्तिले गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । हाल विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसका कारण स्वास्थ्यकर्मी उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य केन्द्र कोल्टीमा र गाउँपालिकामा स्वास्थ्य सामाग्रि सहयोग गरेको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाँच […]
नागरिक रैबार बाजुरा ९ जेठ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष एवं एचआरसी बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीलाई मातृ शोक परेको छ । अध्यक्ष शाहीकी आमाको शुक्रबार विहान धनगढीमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । अध्यक्ष शाहीकी आमाको निधन भएपछि उनकाे परिवारप्रति परेको शाेकमा सुवेच्छुकहरुले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।
अनिल शाही/काेल्टी २१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आज देखि राहात वितरण गर्न सुरु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा परेका मजदुर, श्रमिक, विरामी र विद्यार्थि लगायतका स्थानियको लगत संकलन गरी आर्थिक रकम सहयोग गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले बताउनुभएको छ । लकडाउनका […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्वुलेन्समा नेपालगंजबाट बाजुरा आएका चालक सहित ६ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ । लकडाउन जारी रहेको समयमा बुधबार विहान गाँउपालिकाद्धारा सँचालनमानमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स चालक सहित ६ जना यात्रुहरु नेपालगंज, सुर्खेत र अछाम हुँदै बाजुरा आएको थियो । उक्त एम्वुलेन्स र चालक […]
अनिल शाही/कोल्टी १२ चैत्र । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी बुधबारबाट एम्वुलेन्स सेवा सूचारु गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् । बुधबार गाउँपालिकाले पिलुचौरमा एम्बुलेन्सको पण्डित बर्तराज उपाध्याय […]
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
नागरिक रैबार/बाजुरा ७ चैत्र । जिल्लाको जगन्नाथ गाउँपालिका–५ का नयाँराम बिक शुक्रबार बिहान बाहुन जिउलामा मृत अवस्थामा भेटिएका छन् । उनी पुर्ब जनमुक्ती सेना हुन् भने अहिले नेकपा एकीकरण पछि उनी नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बाजुरा जिल्ला संगठन समितिका कार्यालय टिमका सदस्य हुन् । विकको घटना के कारणले भयो भन्ने बारेमा जानकारी आइसकेको छैन । […]
नागरिक रैबार/बाजुरा ६ चैत्र। जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा अत्याधिक ज्वरोका कारण दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरो र त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भर्बल विकको छोराको चैत्र ४ गते र चतुरे […]
नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् । यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै […]
बाजुरा २९ फागुन। बाजुराको कर्णाली पारि रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा पहिलो पटक ट्याक्टर पु¥याईएको छ । कर्णाली नदीमा डोजरको सहायताले पहिलो पटक ट्याक्टर कर्णाली पारि तारिए पछि बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले ट्याक्टर र ट्याक्टर चालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ का नेत्रबहादुर शाहीको भे १ त ९४३१ […]
नागरिक रैबार/बाजुरा १६ फागुन। अनेरास्ववियु बाजुराकी विद्यार्थी महिला नेतृ विनिस्ता धामीले आफ्नो एक प्वाइन्ट व पोजेटिभ रगत दान गरेपछि बाजुरा अस्पतालमा एक सुत्केरीको ज्यान जोगिएको छ । रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेकी जिल्लाको स्वामीकार्तिक गाउपालिका वडा नं. २ कि २६ वर्षिया सुबिस्था कडायतलाई शुक्रबार दिउसो धामीले एक प्वाइन्ट व पोजेटिभ रगत दिएर ज्यान जोगाईदिएकि हुन् […]
नहकुल जाेशी/ काेल्टी १ फागुन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा ट्राफिक प्रहरी खटिएको चार दिनमा ११ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहि गर्दा सो मात्रामा राजस्व संकलन भएको बाजुराका ट्राफिक प्रहरी जवान लम्वोधर नायकले बताए । हाल बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालीत कर्णाली करिडोर, मार्तडी कोल्टी […]
नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर […]
नागरिक रैबार/बाजुरा २३ माघ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा मृत्यु भएका दुवै जनाको भाईरल ज्वरोका कारण नभई दिर्घरोगका कारण मृत्युु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वामिकार्तिक १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको भाईरल नभई दिर्घरोगका कारण मृत्यु […]
रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान […]