होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • बाजुराका ६ स्थानीय तहमा पुग्यो कोरोना
गौमुल

बाजुराका ६ स्थानीय तहमा पुग्यो कोरोना

  • नागरिक रैबार
बाजुराका ६ स्थानीय तहमा पुग्यो कोरोना

राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । ६ ओटा स्थानिय तह मध्य बडिमालिका नगरपालिकामा ५८ जना , बुढिगंगा नगरपालिकामा १०४ जना , त्रिवेणी नगरपालिकामा १ सय १ जनामा कोरना सक्रमण पुष्टि भएको छ । त्यस्तै गौमुल गाँउपालिकामा २२ जना , स्वामिकार्तिक खापर गाँउपालिकामा २ जना र जगनाथ गाँउपालिकामा १ जना गरी जम्मा २ सय ८८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय बाजुराले जनाएको छ ।
आईतबार मात्रै जिल्लामा ठुलो संख्या ९६ जना संक्रमित देखिएका थिए । हालसम्म २८८ जनामा कोरोना पुष्टी भएको छ भने २ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिएको छ भने बडिमालिका नगरपालिकाले भने संक्रमितहरुलाई घर पठाएको बुझिएको छ ।
जिल्लाका अस्पतालमा आईश्वलेसन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमै आईश्वलेसन कक्ष बनाई संक्रमितलाई राखीएकोे स्वास्थ कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा अधिकांश भारतबाटै आएर क्वारेण्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको छ ।
यस् अघि जिल्लाको बुढीगंगा नगरपालिकाकी २ बर्षिया बालिाकाको मृत्यु भैईसकेको छ । जिल्लाको बुढीनन्दा नगरपालिका, हिमालि गाउपालिका खप्तड छेडेदह गाउपालिका बाहेक सबै पालिकामा कोरोनाले छोएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार