होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • एम्बुलेन्सबाट बाजुरा आएका ६ जनालाई क्वारेन्टाइनमा राखिने
स्वास्थ्य-जीवनशैली

एम्बुलेन्सबाट बाजुरा आएका ६ जनालाई क्वारेन्टाइनमा राखिने

  • नागरिक रैबार
एम्बुलेन्सबाट बाजुरा आएका ६ जनालाई क्वारेन्टाइनमा राखिने
स्वामीकार्तिक गाउँपालिकाको एम्वुलेन्स ।

नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्वुलेन्समा नेपालगंजबाट बाजुरा आएका चालक सहित ६ जनालाई क्वारेन्टाइनमा राखिने भएको छ ।

लकडाउन जारी रहेको समयमा बुधबार विहान गाँउपालिकाद्धारा सँचालनमानमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स चालक सहित ६ जना यात्रुहरु नेपालगंज, सुर्खेत र अछाम हुँदै बाजुरा आएको थियो ।

उक्त एम्वुलेन्स र चालक सहित ६ जना यात्रुहरुलार्ई बाजुरा सदरमुकाम मार्तडीमा पुग्ने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको थियो ।

विज्ञापन

बुधबार दिउसो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको नियमित बैठकले उक्त एम्वुलेन्समा सवार ६ जनालाई स्वामीकार्तिकको क्वारेन्टाइनमा १४ दिन राख्ने गरि एम्वुलेन्स सहित सवै जनालाई सदरमुकाम मार्तडीबाट गाउँपालिका तर्फ पठाईसकेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी बताएका छन् ।

अव अर्कोपटक सो गाउँपालिकाको एम्वुलेन्सले लकडाउनको समयमा यात्रुहरुलाई बोकेको थाहा पाएमा एम्वुलेन्सको संचालन अनुमति नै रद्ध गर्ने निर्णय भएको छ सहायक प्रजिअ भण्डारीले भने ।

लकडाउनको समयमा एम्बुलेन्समा नेपालगंजबाट बाजुरा आएका ६ जना सबै स्वामिकार्तिक गाँउपालिकाकै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । गाउँपालिकाको एम्वुलेन्सलाई १ हजार जरिभाना  तिराएर छाडिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

यसरी लकडाउनको समयमा पनि जिल्ला बाहिरबाट लुकी छिपि जिल्ला भित्र प्रवेश गर्ने क्रम नरोकिएपछि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार