होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • स्वामीकार्तिकमा ज्वरोका कारण २ बालकको मृत्यु
बाजुरा बिशेष

स्वामीकार्तिकमा ज्वरोका कारण २ बालकको मृत्यु

  • नागरिक रैबार
स्वामीकार्तिकमा ज्वरोका कारण २ बालकको मृत्यु

नागरिक रैबार/बाजुरा ६ चैत्र। जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा अत्याधिक ज्वरोका कारण दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरो र त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भर्बल विकको छोराको चैत्र ४ गते र चतुरे थापाको छोराको चैत्र ५ गते मृत्यु भएको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार दुबै बालकको अत्याधिक ज्वरोका कारण मृत्यु भएको हो ।

गाउँमा अहिले ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षणा विरामीहरु देखा परेका छन् । रोगले वडा नम्बर १ र २ का गाउँका ६० जना भन्दा बढी विरामी परेका छन् ।

विज्ञापन

यता स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तका अनुसार सो क्षेत्रको स्वास्थ्य संस्था र विरामी बारे अहिले सम्म जानकारी नआएको बताएका छन् भने स्वामीकार्तिक गाउँपालिकाले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाईसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार