होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • जिल्लाकै उत्कृष्ट बन्यो गौमुल कृषि विकास शाखा
जगन्नाथ

जिल्लाकै उत्कृष्ट बन्यो गौमुल कृषि विकास शाखा

  • नागरिक रैबार
जिल्लाकै उत्कृष्ट बन्यो गौमुल कृषि विकास शाखा

नागरिक रैबार
बाजुरा ५ साउन ।
कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ ।
साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न कार्य सम्पादनका आधारमा कृषि विकास शाखा गौमुललाई वर्षकै उत्कृष्ट शाखा घोषणा गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतिले जानकारी दिनु भएको छ ।

वर्षभरी स्थानीय तहमा गरेका कृषि विकासका क्रियाकलापहरु, कृषि ज्ञान केन्द्र सँगको नियमित सम्पर्क समन्वय, कार्यक्रम योजना तर्जुमामा सहभागिता, विभिन्न र्शीषकमा सचालित हरेक कार्यक्रममा उत्कृष्ट प्रस्तुतिकरण र अभिलेखिकरण, स्थानीय स्तरका जनप्रतिनिधिहरुसँगको समन्वय, कृषकका साझा समस्या, सामाधान श्रोत व्यवस्थापन, श्रोत संकलन, कर्मचारीहरुवीच एकआपसी सम्बन्ध आदि छनोटका मापदण्ड अनुरुप गौमुल गाउँपालिका कृषि विकास शाखा नौ वटैं स्थानीय तहका कृषि विकाश शाखाहरु मध्ये उत्कृष्ट भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जोशीले बताउनु भएको छ ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराका कार्यक्रममा नियमित सहभागिता लगाएत कृषि विकासका क्षेत्रमा बृहत एव पृथक उपस्थिति राखी नमुना कामहरु गरेको भन्दै हामी कार्यरत शाखालाई उत्कृष्ट ठहर्दा निकै गौरवान्तित भएको नायव प्राविधिक सहायक रमेश वि.कले बताए ।

गौमुल गाउँपालिका भित्रका कृषकहरुको जिविकोपार्जन सुधारका लागि नयाँ प्रविधि, छोटो अविधिमा ठूलो मात्रामा समुदायलाई लाभहुने खालका कार्यक्रम निर्माण गरी कार्यान्वय गरेको कुराहरुको उच्च मुल्याङ्कन गरि यसरी पाँच हजार नगद सहित पुरस्कृत हुँदा आफूलाई थप कार्य गर्न निकै उत्साहित तुल्याएको कृषि विकाश शाखा प्राविधिक सहायक दिपेन्द्र सार्कीले बताए ।

जिल्लाकै उत्कृष्ट कृषि विकाश शाखा गौमुल घोषणा भए पश्चात गौरवान्तित त भएका नै छौँ । गौमुल गाउँपालिकामा कृषि क्षेत्रकै उत्कृष्ट कार्यप्रति कर्मचारीहरु धन्यवादका पात्र हुन् । तत पश्चात् पनि कृषि विकासको माध्यमबाट कृषकको आम्दानीको श्रोत निर्माण गरी गौमुल गाउँपालिकालाई समृद्ध बनाउनमा कार्यरत कर्मचारीहरुको खटनपटनप्रति निकै खुशी भएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

उहाँले कृषि क्षेत्रका कार्यक्रममा नियमित आवश्यक बजेटको व्यवस्थापन गर्ने, कर्मचारीहरुलाई विषयगत क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने र जनभावना अनुरुप लगाएत युग सुहाउँदो कृषि विकास कार्यका लागि कुनै अभाव हुन नदिने बताए ।
देश संघीयतामा गएपछि हरेक स्थानीय तहहरुमा कृषि विकास शाखा विस्तार भए पश्चात गौमुल गाउँपालिकाका कृषकको हितहुने खालका काम गौमुल कृषि विकास शाखाले गरेर अन्य गाउँपालिकाका कृषकहरुलाई समेत सिकाई हुने देखिएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका नि. कार्यालय प्रमुख श्री गोविन्द सिजापतिको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार लगाएत जिल्लाका नौ वटै स्थानीय तहहरुका कृषि विकाश शाखाका शाखा प्रमुख एवम् प्राविधिकहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार