होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको स्वामीकार्तिकाले सुरु गर्यो एम्बुलेन्स सेवा
देश/प्रदेश

बाजुराको स्वामीकार्तिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

  • नागरिक रैबार
बाजुराको स्वामीकार्तिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

अनिल शाही/कोल्टी १२ चैत्र ।  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नै लगानिमा एम्बुलेन्स खरीद गरी बुधबारबाट एम्वुलेन्स सेवा सूचारु गरेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका लगाएत कुण्डा क्षेत्रका स्थानीय बिरामीलाई लक्षित गर्दै स्वामीकार्तिक खापर गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले बताएका छन् ।

बुधबार गाउँपालिकाले पिलुचौरमा एम्बुलेन्सको पण्डित बर्तराज उपाध्याय बाट पुजा आजा गराइ गाउँपालिकाका अध्यक्ष चिरन्जीवि शाहीले उद्घाटन गरी सेवा सुचारु गरेका हुन् ।

विज्ञापन

एम्बुलेन्स संचालन को अबसरमा बोल्दै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवि शाहीले स्वामीकार्तिक खापर गाउँपालिकामा एम्बुलेन्स सेवा अति आबश्यक रहेको बताउनु भयो । उहाले बाजुराका अन्य स्थानीय तह र ब्यापारको सिलसिलामा कुण्डा क्षेत्रमा बसोबास गर्र्ने अन्य जिल्लाका दुखी गरीव विरामीले पनि सेवा लिने बताउनु भयो ।

यता स्वामीकार्तिक खापर गाउँपालिका सूचना अधिकारी कुमेर शाहीले बाजुराको स्वामीकार्तिक गाउँपालिका लगाएत बाजुराका अन्य स्थानिय तह हुम्ला मुगु र कालिकोटका विभिन्न गाउँपालिका र नगरपालिकामा हुने बिरामीहरुलाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा संचानमा ल्याएको बताउनु भयो ।

उहाका अनुसार बिकट बस्तिमा सेवा संचालन गर्न केहि चुनौति भएपनि एम्बुलेन्स सेवा शुल्कमा सर्वशुलभ हुने भन्दै गाउँपालिकाले तत्काल एम्बुलेन्स संचालन कार्य्विधि बनाएर नियमित स्थानीयलाई सेवा दिने जानकारी दिनुभयो ।

बाजुराका अधिकाँस बिरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा एम्बुलेन्स सेवाले सहयोग पुग्ने स्थानिय वासि मेगराज शाहीले खुसी ब्यक्त गर्नुभयोे । गाउँपालिकाले यस अधि आफ्नै लगानिमा डोजर खरीद गरी सडक निर्माणकार्यमा समेत तिब्रता दिएको छ भने कर्णालि नदिमा राफ्टीङ्ग प्रत्यक वडामा स्वास्थ्य सस्था स्थापना गणूतरी शिक्षा प्रदानका लागि स्वयमसेवक शिक्षक नियुक्ती संचार खानेपानि लगाएतका उत्कृष्ट कामहरु गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार