होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ फागुन। बाजुराको दानसगुमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । गएराती बुढीनन्दा नगरपालिका–५ स्थित दानसागु नजिकै जिप दुर्घटनामा परी चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको से १ ज १०६२ नम्बरको जिप दानसागु नजिकैको कमारेकोटमा दुर्घटना हुँदा चालक २३ वर्षीय […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक कोल्टीमा सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व गठन भईसकेपछि कोल्टीमा पहिलो पटक आयोजना गरिएको एमालेको दोस्रो पूर्ण बैठकले पार्टीको यस अघि बसेको पदाधिकारीको बैठकबाट गठन गरिएका विभागहरूकाे अनुमाेदन गर्ने निर्णय गरेकाे प्रचारविभाग प्रमुख काँशी विकले बताएका छन् । त्यस्तै बैठकले […]
सर्मिला रोकाया /बाजुरा : युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु, एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो । नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार बाजुरा २५ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् । प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा […]
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
बाजुरा, मंसिर १६ । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन । उनले निबेदन सहति नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]