होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको कोल्टीमा जीप दुर्घटना, चालक र सहचालक घाइते
समाचार

बाजुराको कोल्टीमा जीप दुर्घटना, चालक र सहचालक घाइते

  • नागरिक रैबार
बाजुराको कोल्टीमा जीप दुर्घटना, चालक र सहचालक घाइते

नागरिक रैबार/बाजुरा ५ फागुन। बाजुराको दानसगुमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । गएराती बुढीनन्दा नगरपालिका–५ स्थित दानसागु नजिकै जिप दुर्घटनामा परी चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मार्तडीबाट कोल्टी जाँदै गरेको से १ ज १०६२ नम्बरको जिप दानसागु नजिकैको कमारेकोटमा दुर्घटना हुँदा चालक २३ वर्षीय रामबहादुर भण्डारी र सहचालक २२ वर्षीय लोकेन्द्र गुरुङ्ग घाइते भएको प्रहरी निरीक्षक धनदेब साउँदले जानकारी दिएका छन् ।

दुर्घटनामा परी घाइते भएका चालक र सहचालकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको उनले बताए । घाइते दुबैको अवस्था मध्यम खालको रहेको प्रहरी निरीक्षक साउँदे बताएका छन् ।

विज्ञापन

जिप सडकबाट करिव ५० मिटर तल खसेको हो । जिपमा भने अन्य यात्रुको सवार नभएको प्रहरीको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार