होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षकको सुचनाबारे राखेको धारणामा बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
नागरिक रैबार। मानव अधिकार पुरस्कार २०८०” बाट पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् । मानव अधिकार दिवको अवसर पारी सिंहलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्मान गरेको हो। सिंहले नगद ५० हजार पुरस्कार सहीत सम्मान प्राप्त गरेका हुन् । बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय […]
नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिका–५ लाई वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको छ । समाजमा कुसंस्कार र कुरितीको रुपमा रहेका वालविवाह र महिनावारी विभेदको अन्त्य गर्नका लागि वडालाई शुुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको हो । वडा घोषणा गर्नका लागी विगत लामो […]
नागरिक रैबार/बाजुरा २३ कात्तिक ।बाजुरामा जारी अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेकाे छ । बुढीगंगा नगरपालिकाद्वारा आयाेजित अन्तरपालिका स्तरीय भलिवल प्रतियाेगिताकाे आज भएकाे फाईनल खेलमा आदर्श गाउँपालिका डाेटीलाई हराउँदै मेल्लेख गाउँपालिकाले उपाधि जितेको हो। जितसँगै मेल्लेखले नगद १ लाख ५७ हजार ७ ७ सय ७७ सहित, ट्रफी, मेडल र […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास (घर) निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी बुढीगंगा, त्रिवेणी […]
नागरिक रैबार/बाजुरा २१ कार्तिक।मार्तडीमा भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम मार्तडी सम्पन्न भएको हो । असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट बाजुराका बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पीडित बनेका ३ सय परिवारको व्यवस्थापनका लागि नगद […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। बाजुराकाे बुढीगंगा नगरपालिकामा अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएकाे छ । बुढीगंगा नगरपालिकाकाे आयाेजनामा आजबाट सूरू भएकाे उक्त प्रतियोगिताकाे एक औपचारिकका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक १९ गते बाजुरा आउने भएका छन् ।ओली बुढीगंगा नगरपालिकाको निमन्त्रणमा बाजुरा आउन लागेका हुन् । यही कार्तिक १९ गते बुढीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्धघाट्नका लागि ओली बाजुरा आउन लागेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन् संगै नगरपालिकाको […]
नागरिक रैबार बाजुरा ४ कार्तिक । विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी र चामल उपहार दिएको छ । कारागारमा रहेका कैदी बन्दीलाई विजया दशमीको शुभकामना स्वरूप बुढीगंगा नगरपालिकाले १ खसी तथा दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेको हो । जेल जीवन […]
नागरिक रैबार/बाजुरा २२ असोज। बाजुराको बुढीगगा नगरपालिकाले नगरभित्रका भुकुम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । असोज १६ गते गएको भुकुम्पमा परि पूर्ण रुपमा घर भत्केका ३९ परिवारलाई राहत स्वरुप आवश्यक सामाग्री वितरण गरिएको कार्यवाहक नगर प्रमुख एंव नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् । बुढीगंगा कार्यवाहक नगर प्रमुख एंव नगर प्रवक्ता जैशीका अनुसार […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन […]
नागरिक रैबार/बाजुरा ७ असोज।जिल्लाको बुढीगंगा नगरपालिकामा नगर स्तरीय ३ वटा संजाल गठन गरिएका छन् । नगरपालिका भित्र महिला, बालवालिका र युवाको हकहितका लागि ३ वटा संजालहरु गठन गरिएको नगर प्रवक्ता हेमराज जैशीले जानकारी दिएका छन् । प्रवक्ता जैशीले दिएको जानकारी अनुसार नगर स्तरीय महिला संजालको अध्यक्षमा टिका रानाको नेतृत्वमा ११ सदस्यीय संजाल गठन गरिएको छ […]
नागरिक रैबार/बाजुरा २९ भदाै। जिल्लाकाे बुढीगंगा नगरपालिका ९ र १० का कृषकहरूकाे बारीमा पाक्न लागेकाे बाली जंगली जनावरले सखाप पार्न थालेकाे छ । कृषकहरूले दु:ख गरेर लगाएकाे बाली पाकेर भित्र्याउन बेलामा जंगली जनावर (बदेँल, बाँदर) काे आहारा बनेपछि बुढीगंगा ९ काे जुवापानी र १० काे बदेडा तिमाडा सेलापाखाका कृषक चिन्तित बनेका छन् । यसरी पाकेकाे […]
नागरिक रैबार/बाजुरा २८ भदाै। बुढीगंगा नगरपालिकाले खुला मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि भन्दै बुढीगगाले कार्तिक १९ गतेदेिख अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना लागेको हो । सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि […]
नागरिक रैबार/बाजुरा २८ साउन।जिल्लाको बुढीगगा नगरपालिकाले पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारी र बजारसम्म पुर्याउनका लागि कृषि एम्वुलेन्स खरिद गर्ने निणर्य गरेको छ । आज नगरपालिकामा बसेको २०८०/८१ को नगर कार्यपालिकाको पहिलो बैठकले नगरपालिकाका कृषकहरुको कृषि उपज सामाग्री संकलन तथा बजारिकरण गर्नका लागि कृषि एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको नगरप्रवक्ता हेमराज जैशीलेब बताएका छन् । […]
नागरिक रैबार/बाजुरा २६ साउन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडाभित्र सरसफाई अभियान संचालन गरेको छ । ६ नम्वर वडा कार्यालयको साउन २४ गते बसेको वडा समिति र सर्वपक्षीय भेलाले सरसफाइ अभियान सन्चालन गर्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार वडाभित्रका जनप्रतिनिधि, स्थानीयहरुको सक्रियतामा टोलटोल र गोरेटो बाटाे, सार्वजनिक धाराहरुको सरसफाइ गरिएको हो […]
नागरिक रैबार/बाजुरा ८ साउन। अनेरास्ववियुका केन्द्रिय सदस्य स्वग्रीय चेतनदिप अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले चेतदनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको छ । गएको मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनका क्रममा नेपाली काँग्रेस समर्थक युवाहरुको कुटाईपछि ज्यान गुमाएका अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले २ नम्वर वडामा रहेको बल्दे बजारमा चेतनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको हो । त्रिवेणी नगरपालिका […]
नागरिक रैबार/बाजुरा २२ असार। बाजुराको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउँदमाथि कार्यकक्षमै हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विहिबार दिउसो (हिजो) कर्मचारीमाथि कार्यकक्षमै हातपात र गालीगलाैज गरेको आरोपमा बुढीगंगा ७ का वडा अध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]