होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बुढीगंगाको टाँटे स्वास्थ्य चौकीले पायो एमविविएस डाक्टर
स्वास्थ्य-जीवनशैली

बुढीगंगाको टाँटे स्वास्थ्य चौकीले पायो एमविविएस डाक्टर

  • नागरिक रैबार
बुढीगंगाको टाँटे स्वास्थ्य चौकीले पायो एमविविएस डाक्टर

नागरिक रैबार/बाजुरा ४ चैत्र।बाजुराको बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीमा अवदेखि एमविविएस डाक्टरले स्वास्थ्य सेवा दिने भएका छन् ।

बुढीगंगा नगरपालिकाले टाँटे स्वास्थ्य चौकीका लागि एमविविएस डाक्टरको रुपमा किरण थापालाई नियुक्त गरेसंगै यहाँका नागरिकहरुले विशेषज्ञ सेवा प्रदान गर्ने भएका हुन् ।

यस अघि सामान्य सेवा दिदै आएको टाँटे स्वास्थ्य चौकीले एमविविएिस डाक्टर पाएसंगै विशेषज्ञ स्वास्थ्य सेवा सुचारु भएको बुढीगंगा नगरपालिकाले जनाएको छ ।

विज्ञापन

एमविविएस डाक्टरको व्यवस्थापन भएसंगै टाँटे स्वास्थ्य चौकीमा अवदेखि प्रसुती सेवा, एक्सरे र भिडियो एक्सरे सेवा लगायतका स्वास्थ्य सेवामा सहज हुने नगरपालिकाका प्रवक्ता हेमराज जैशीले बताएका छन् ।

स्वास्थ्य चौकीमा यस अघि नै गेटा आखाँ अस्पतातलको सहयोगमा आखाँ उपचार केन्द्र, नाक, कान, घाटीँ, आयुर्वेद र ल्याव सेवा सञ्चालनमा रहेको थियो । स्वास्थ्य चौकीमा एमविविएस डाक्टरका रुपमा बुढीगंगा नगरपालिकाका एमविविएस डाक्टर किरण थापालाई नियुक्त गरिएसंगै सेवा सुचारु गरिएको हो ।

स्वास्थ्य चौकीमा एमविविएस डाक्टरको दरवन्दी भएपनि यस अघि बाहिरको डाक्टरहरु आएको ५ महिना, वर्षदिन सम्म बस्न नमान्दा यहाँका नागरिकहरुले जटिल खालका उपचारको सेवा लिन अछामको बयालपाटा धनगढी लगायतका अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

चिकित्सक अभावका कारण नागरिकले स्वास्थ्य समस्या झेल्नु नपरोस भन्ने उदेश्यले नगरकार्यपालिकाको बैठकको निणर्यबाट डाक्टर थापालाई आजैबाट कामकाज गर्ने गरी नियुक्ति गरीएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकीमा डाक्टर थापालाई नियुक्त गरिएसंगै सामान्य देखि जटिल खालका उपचार सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार