होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • नेपाल स्काउटको सुदूरपश्चिम आयुक्तमा थापा नियुक्त
बुढीगंगा

नेपाल स्काउटको सुदूरपश्चिम आयुक्तमा थापा नियुक्त

  • नागरिक रैबार
नेपाल स्काउटको सुदूरपश्चिम आयुक्तमा थापा नियुक्त

नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन् । थापा मंगलबार प्रदेशको आयुक्तमा नियुक्त भएका हुन् । सामाजिक विकास मन्त्री झपड बहादुर साउँदले थापालाई प्रदेश आयुक्तमा निर्वाचित गरेका हुन् ।

प्रदेश स्तरीय स्काउट परिषद्का सदस्य मध्येबाट एक जनालाई आयुक्त तोक्ने अधिकार सामाजिक विकास मन्त्रालय प्रदेश मन्त्रीलाई छ । आयुक्त थापा यस अघि प्रदेश संयोजकको रुपमा कार्यरत थिए । १२ वर्षदेखि स्काउटमा निर्वाचन हुन सकेको थिएन् ।

निर्वाचन प्रयोजनका लागि नेपाल स्काउटले प्रदेश संयोजक तोकेर पठाएको थियो । ती मध्ये थापालाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी थियो । प्रदेश संरचनामा गएपछि नेपाल स्काउटमा पहिलो पटक निर्वाचन गरिएको हो ।

विज्ञापन

65d4c0031d1fe

अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ । नैतिकता सहीत जीवन विकास, काम प्रतिको जिम्मेवारी, सामाजिक सेवा र सहकार्यको भावना बोकेको स्काउट सुदूरपश्चिमका सबै पालिकामा सक्रिय छ ।

परिषद् सदस्य हुनका लागि नगरपालिका तर्फ २० इकाइ र गाउँपालिका तर्फ ५ इकाइ अनिवार्य गरिएकोले ८८ मध्ये सुदूरपश्चिमका ३५ पालिकाले आधिकारीता पाएका छन् । सबै पालिकामा स्काउट भएपनि मापदण्ड पुरा हुन नसकेका कारण ३५ पालिकाले मात्रै आधिकारीक दर्ता अधिकार प्राप्त गरेका छन् ।

प्रदेश परिषद् सदस्यका लागि १० पुरुष, १० महिला सक्रिय स्काउटर र ३ पुरुष ३ महिना तालिम दलका सदस्य गरि २६ सदस्यीय समिति गठन गर्नु पर्ने प्रावधान छ । सुदूरपश्चिममा भने हाल १७ सदस्यीय परिषद् रहेको र बाँकी थपिने नवनियुक्त आयुक्त नरेन्द्र थापाले बताएका छन् ।

एड्भान्स तालिम प्राप्त थापा लामो समयदेखि स्काउटमा सक्रिय छन् । थापा आयुक्तमा निर्वाचित भइसकेका पछि उनको कार्यकाल अब ४ वर्षको हुनेछ । भने ११ सदस्यीय कार्यकारी समिति गठन गर्ने अधिकार स्वयम थापाले पाउने छन् । थापाले स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

विद्यार्थी जीवनबाटै अनुशासन र आदर्श जीवन निर्माणमा स्काउटको महत्वपूर्ण भूमिका रहने भएकोले बद्ढो दुव्र्यशनी र कुलतबाट बच्न बचाउन स्काउन कार्य अनिवार्य जस्तै देखिएकोले आफ्नो कार्यकाल त्यसैमा केन्द्रीत गर्ने थापाले बताएका छन् । थापा लामो समयदेखि सामाजिक र राजनीतिक सेवामा सक्रिय छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार