होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगा–५ वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा
बाजुरा बिशेष

बुढीगंगा–५ वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा

  • नागरिक रैबार
बुढीगंगा–५ वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा

नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिका–५ लाई वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको छ ।

समाजमा कुसंस्कार र कुरितीको रुपमा रहेका वालविवाह र महिनावारी विभेदको अन्त्य गर्नका लागि वडालाई शुुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको हो ।

वडा घोषणा गर्नका लागी विगत लामो समयदेखी गुड नेवर्स ईन्टरनेशनल नेपाल र पीसविन नेपालद्धारा सन्चालित एकिकृत सामुदायिक विकास परियोजनाले समुदाय स्तरमा र विध्यालयमा विभिन्न तालिम,गोष्ठी ,सडक नाटक ,सास्कृतिक कार्यक्रम,वाल क्लव ,परिचालन ,महिनावारी स्वच्छता व्यवस्थापन क्लव गठन र परिचालन,गाउँघर भेटघाट कार्यक्रम मार्फत सचेतना अभिवृद्धि गरेको थियो भने वडा नम्वर ५ को कार्यालयले पनि पीसविन, साहस नेपाल जस्ता संस्थाहरुको सहयोगमा लैंगिक हिंशा न्युनिकरण सम्वन्धि टोल टोलमा कार्यक्रमहरु सन्चालन गरेको थियो ।

विज्ञापन

विभिन्न किसिमका अभियान सन्चालन पश्चात पीसविन नेपालको प्राविधिक र आर्थिक सहयोगमा वडा कार्यालयले वालविवाह र महिनावारी स्वच्छता व्यवस्थापनका विभिन्न सुचकहरुमा टोल सर्वेक्षण र घरदैलो कार्यक्रम सन्चालन गरेको थियो ।

सर्वेक्षणका क्रममा विगत एक वर्षमा वडा नम्वर ५ मा कुनै वाल विवाह नभएको ,वडा भित्र महिनावारी विभेद नभएको, छाउपडी गोठ नभएको ,माध्यामिक विध्यालयहरुमा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री शौचालय ,आरामकक्ष, महिनावारी स्वच्छता व्यवस्थापन मैत्री सेवा र सुविधाको उपलव्धता भएको आदि सकारात्मक पक्ष देखिएको र समग्र वालविवाह र महिनावारी स्वच्छता व्यवस्थापनका सुचकहरु मध्य ९०.५ प्रतिशत वढी सुचकहरु सकारात्मक देखिएकोले घोषणा गरिएको पीसविनका जनस्वास्थ्य अधिकृत महेश जैशीले वताएका छन् ।

वुढीगंगा नगरपालिकाद्धारा पारित वालविवाह सम्वन्धि स्थानिय रणनिती २०७६ अनुसार २०८० भित्र नगरपालिका भित्रका सवै वडालाइ वालविवाहमुक्त वडा घोषणा गरिसक्ने नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । पालिकाको मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका २०८० को मस्यौदा अनुसार नगरपालिका लाइ मर्यादित महिनावारी मैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ वडा घोषणा सम्भव भएको नगरप्रमख बानियाँको भनाई छ । उनले यस अघि वुढीगंगा नगरपालिका वडा नम्वर ४ लाइ पनि वालविवाहमुक्त वडा घोषणा गरि सकिएको बताएका थिए ।

बुढीगंगा–५ का वडाध्यक्ष चक्रवहादुर थापाको अध्यक्षत र नगरप्रमुख रामबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आईतबार गरिएको वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख माया खड्का कुवर र बाजुरा जिल्ला समन्वय समिति सदस्य हिक्मत थापा रहेका थिए ।

कार्यक्रममा वडाका सवै टोलहरु नुवाघर, निमनी ,थुमा ,कोटवाडा र सराप्लावाट वालविवाह र महिनावारी विभेद विरुद्धका नारा सहित ठुलो संख्यामा सहभागीहरु उपस्थित भएका थिए भने वडाभित्रका सरकारी कार्यालय , राजनितिकदल ,विध्यालय ,सहकारी ,महिला समुह ,युवाक्लव ,वालक्लव ,महिनावारी स्वच्छता व्यवस्थापन क्लव,दलित नेटवर्क लगायतवाट कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा वाल क्लव र सवै टोलहरुवाट वालविवाह विरुद्ध सडक नाटक र देउडा गित प्रस्तुत गरिएका थिए भने वालविवाह र महिनावारी विभेद न्युनिकरणमा उल्लेख्य योगदान पुर्याउने संघ सस्थाहरुलाइ कदर पत्रद्धारा सम्मान गरिएको थियो भने व्यक्तिगत र संस्थागत रुपमा सहयोग पुर्याउने वालक्लव ,किशोरी क्लव ,महिला स्वास्थ्य स्वयंसेविका, धामी झाक्रि लगायत ७ जना लाइ कदर पत्र सहित नगद पुरुस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा ५ सय वढिको संख्यामा उपस्थित भएका सहभागिहरुले २० वर्ष भन्दा कम उमेरमा विवाह नगर्ने नगराउने ,महिनावारी विभेद नगर्ने ,गाउँ टोलमा महिनावारी स्वच्छता व्यवस्थापन गर्ने, यदि कसैले वालविवाह गरे गराए र महिनावारी विभेद गरेको पाइएमा कानुन अनुशार सजायको भागिदार हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार