होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ माघ। बडीमालिका नगरपालिका वडा नं. ९ का वडा सदस्य लालचन्द नेपालीले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न परिवारलाई कम्मल सहयोग गरेका छन् । जन्मदिनको अवसर पारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडा भित्र रहेका अतिविपन्न परिवारका १० जनालाई चिसोबाट जोगाउन व्यक्तिगत रुपमा कम्वल सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा विपन्न […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिका -३ रजालीबाट अवैध भरुवा बन्दुक सहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले सोही नगरपालिका -३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान […]
मदन वि.क./बाजुरा २८ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने विभिन्न साझेदार तथा सहयोगी नियकालाई सम्मान सहित प्रसंशा पत्र प्रदान गरेको छ । सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड-१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका […]
नागरिक रैबार बाजुरा २८ पुस। जिल्लाकाे सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ४ का धननाथ याेगि रहेका छन् । मार्तडीबाट तिपाडा जाँदै गरेकाे नम्बर बिहिन ट्याक्टर साेमबार साँझ चाैराटी खेत नजिक दुर्घटना भएकाे थियाे । ट्याक्टर दुर्घटनामा परेर घाईते भएका ट्याक्टर मालिक समेत […]
नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो । नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न […]
नागरिक रैबार/बाजुरा २६ पुस। नेकपा बाजुराको आज हुने जनसभामा नेकपाका कार्यकर्ताले चलाएकोे मोटरसाईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि एक जना महिला घाईते भएकि छन् । आईतबार दिउसो साढे १२ बजेतिर दुनिहाटबजारमा नेकपा ओली समर्थकका कार्यकर्ताले चलाएको से १ प ९५९८ नम्बरको मोटर साईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि लियुटी थापा घाईते भएकि हुन् […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
नन्दा थापा/पुष २१ बाजुरा। बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये सदरमुकाम मार्तडीमा रहेको नगरपालिका हो बडिमालिका नगरपालिका । यस नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्मसबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ तीन ताराको अवधारणा अनुरुप काम गर्दै आएको छ । तर बालबालिकाको […]
नागरिक रैबार बाजुरा २१ पुस जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको अर्धवार्षिक परिक्षा (हिजो) सोमबारबाट सूरु भएको छ । कोभिड-१९ का कारण लामो समयपछि नियमित पढाई संचालन गरेको मालिका माविले हिजोबाट अर्धवार्षिक परिक्षा सुरु गरेको हो । ईसिडि देखि कक्षा १० सम्मको अर्धवार्षिक परिक्षा सुरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । अर्धवार्षिक परिक्षामा […]
चक्र बहादुर अएडी/बाजुरा १९ पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्ध मा घाँस काट्ने क्रममा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकैमारहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानिय मानिस खोज्न गएपनि […]
नागरिक रैबार/बाजुरा १८ पुस। समाज सुधार महिला कृषि सहकारीको साधारण सभा मार्तडीमा सूरु भएको छ । २०६९ सालमा स्थापना भएको उक्त सहकारीको सातौं साधारण सभा आजबाट सूरु भएको हो । सहकारीको सातौ साधारण सभा हुँदासम्म २ सय ५७ जना सेयर सदस्य पुगेको जानकारी गराईएको छ ।त्यस्तै साधारण सभामा हालसम्म २७ लाख बराबरको कारोबार गरिएको वार्षिक […]
मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् । मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् । नेता शाहल फरक […]
रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न । सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल […]
नागरिक रैबार/बाजुरा १२ पुस। उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराका गाेपाल कार्की निर्विरोध चयन भएका छन् । शनिबार दिपायलमा भएको उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश साधारण सभाबाट बाजुराका कार्की सदस्यमा निर्विरोध चयन भएका हुन् । बाजुरा वाणिज्य संघका सचिव समेत रहेका कार्की उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराबाट निर्विरोध चयन भएको […]
मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ । अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता […]
रामबहादुर बिक/बाजुरा ११ पुस। नेपाल उद्योग बाणिज्य महासघ सुदूरपश्चिम पर्देशको चौथो वार्षिक साधारण सभाबाट बाजुराका शुरेन्द्र नाथ सम्मानित भएका छ्न । बाजुरा उद्योग बाणिज्य सघंका सदस्य एबम रेडियो पौरखी सचालक समितिका सहसचिव समेत रहेका नाथ सुदुरपश्चिम कै नमुना ब्यबसायको रुपमा छनोटमा परि सम्मानित भएका हुन । उनलाई डोटी जिल्ला दिपायलको चौथो बार्शिक साधारण सभाबाट मायाको […]
नागरिक रैबार/बाजुरा १० पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ रजातोली स्थित ज्ञानोदय माबिको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्मत भएका छन् । बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आम भेलाको आयोजना गरी सो विद्यालयको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्वसम्मत बिब्यस अध्यक्षमा चयन गरिएको हो । धर्म पाध्यायको अध्यक्ष रहने गरी […]