होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नदिमा बेलिवृज बन्याे, अब मार्तडीबाटै बस चल्ने
समाचार

बुढीगंगा नदिमा बेलिवृज बन्याे, अब मार्तडीबाटै बस चल्ने

  • नागरिक रैबार
बुढीगंगा नदिमा बेलिवृज बन्याे, अब मार्तडीबाटै बस चल्ने

नागरिक रैबार/बाजुरा २९ माघ। बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएकाे छ ।
साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा लामाे समयकाे बेलिवृज बगाएकाे करिव ६ महिनापछि बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हाे । वेलिवृज निर्माण कार्य सम्पन्न भएसंगै अाजबाट मार्तडीबाटै बससेवा सुरू हुने भएका छन् ।गत साउन २५ गते बुढीगंगा नदिमा अाएकाे बाढीले साे खाेलामा रहेकाे बेलिवृज बगाएपछि सदरमुुकाम मार्तडीमा ६ महिना सम्म बस सेवा संचालन हुन सकेकाे थिएन् ।
सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो । बेलिवृज निर्माणकाे जिम्मा
M/s\ Mk\ Buliders and Construction Company Pvt. Ltd., Dhangadhi, Kaliali ले पाएकाे थियाे । कम्पनीले वेलिवृज माघ महिनाको मसान्त सम्म निर्माण सम्पन्न गरीसक्ने योजना बनाएकाे थियाे । यश अघि बेलिबिज्र बगाएको ठाँउमा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । साउन २५ गते राति आएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।
नदिमा बेलिवृज निर्माण भएसंगै अब बाजुरा सदरमुकाम मार्तडीबाटै बस सेवा सूरू हुने भएपछि स्थानीय बासी खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै