होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुवै मृगौला फेल भएकि बाजुराकी धना चंदाराको धनगढीमा निधन
समाचार

दुवै मृगौला फेल भएकि बाजुराकी धना चंदाराको धनगढीमा निधन

  • नागरिक रैबार
दुवै मृगौला फेल भएकि बाजुराकी धना चंदाराको धनगढीमा निधन

नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बडीमालिका नगरपालिका ९ चौराटाकि ३० वर्षिया धना चंदाराको धनगढीमा निधन भएको छ ।
शनिबार दिउसो चंदाराको अत्तरियामा रहेको आफ्नै घरबाट उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढीमा लैजाँदै गर्दा उनको बाटोमै निधन भएको आफन्त जंग विकले बताएका छन् ।

आफन्त विकका अनुसार चंदाराको शरिरका दुवै मृगौला फेल भएपछि यस अघि करिव १० लाख रुपैयाँ खर्च गरेर भारतको दिल्लीस्थित महाराजा अग्रेसन अस्पतालमा उपचार गराएको थियो ।

भारतमा उपचारमा रहँदा डाक्टरले चंदाराको कि किड्नी नंया राख्नु पर्ने कित डाइलासिस गरिराख्नु पर्ने भएकाले पुरै ठिक गरि पहिलाकै अवस्थामा फर्काउन १२ लाख जति खर्च फेरि लाग्ने बताएको थियो । धनाको मृगाैलाको उपचारका लागि लाग्ने खर्च परिवारसँग नभएपछि  उनलाई २ हप्ता अगाडि नेपालमा ल्याएको थियो ।

विज्ञापन

शनिबार धनाको अवस्था जटिल भएपछि उनलाइ धनगढीमा उपचारका लागि लिने क्रममा बाटोमै निधन भएको थियो । धनगढीमा निधन भएकि धनाको शवलाइ एम्वुलेन्स मार्फत उनकै घर बाजुरामा ल्याईने र भोली आईतबार हिन्द परम्परा अनुसार बाहुली खोलामा दाहसंस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार