मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका ५ मनाका २३० घरधुरीलाई फिल्टर वितरण
समाज

बडीमालिका ५ मनाका २३० घरधुरीलाई फिल्टर वितरण

  • नागरिक रैबार
बडीमालिका ५ मनाका २३० घरधुरीलाई फिल्टर वितरण

चक्र बहादुर अएडी/बाजुरा २७ माघ।  जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा मंगलबार सुरक्षित खाने पानी पिउनको लागि फिल्टर वितरण गरिएको छ ।

वडा नम्वर ५ मनाका २३० घरधुरीलाई एक एक ओट सुरक्षित पानी पिउनको लागि फिल्टर वितरण गरिएको वडा कार्यलयले बताएको छ । सो कार्यक्रममा ५० प्रतिशत वडाकार्यलयको अनुदान र ५० प्रतिशत स्थानिय उपभोक्ता बाट आर्थिक संकलन गरि वितरण गरिएको बताएको छ ।

पछिल्लो समय खाने पानीबाट विभन्न किसिमका रोगहरु जस्तै झाडा पखाला , रुघा खोकि जस्ता सरुवा रोगहरु फैलिने भएका कारण केहि हद सम्म राहात पुगोस भनेर फिल्टर वितरण गरिएको वडा अध्यक्ष बल बहादुर थापाले बताउनु भयो ।

विज्ञापन

एक औपचारिक कार्यक्रमका विच वडाध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा प्रत्येक परिवारलाई फिल्टर वितरण गरिएको हो । कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार