होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा ९ चैत, । बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ । आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले […]
२ चैत,बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जैशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखी बिरामी भएका जोशीको बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु […]
नागरिक रैबार बाजुरा २८ फागुन जिल्लाकाे सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले तयारी थालेकाे छ । नगरपालिकाकाे फागन ९ गते कार्यपालिकाकाे बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिअाईजेड संग डिपिअार तयारी गराउने निर्णय गरेकाे थियाे । साेही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा […]
गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ […]
बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ । मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको सदरमुका मार्तडीमा आज भएको भलिवल,कवड्डी र बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । सुदुरपश्चिम बिश्व बिद्यालय बाजुराद्वारा बाजुरा क्याम्पसमा खेलकुद सप्ताह-२०७७ कार्यक्रम अन्तरगत गरिएको बक्तित्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । एक हप्तादेखि बाजुरा क्याम्पसमा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रमको अन्तिम दिनमा कोरोनाले शैक्षिक क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २२ फागुन। लडेर घाइते भएका नेपाल समाचार पत्र बाजुरा समचारदाता पत्रकार दयाराम पण्डितकाे उपचारकाे लागि आर्थिक सहयोग गरिएको छ । एक हप्ता अगाडी समाचार संकलनका लागि दुर्गम गाउँ बिच्छ्यामा गएका पत्रकार पण्डित लडेर घाईते भएका थिए । उनको उपचार बाजुरामा सम्भव नभएपछि अहिले नेपालगन्जमा उपचाररत रहेका छन् । उनकाे उपचारका लागि भन्दै किनारा […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेकाे राेहेल हाेटलमा कोभिट १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो चरणको कोभिट १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथेै खोप समन्वय समिति र पत्रकारहरुसंग […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हिमाली गाउँपालिकाको विच्छ्यामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाईते भएका प्रेस युनियनका केन्द्रिय सदस्य पत्रकार दयाराम पंडितलाई थप उपचारका लागि हवाईजहाज मार्फत नेपालगंज लगिएको छ । आइतबार दिउसो पुर्वी उतरी भेगको हिमालि गाँउपालिका १ बिच्छाको घट्टेबगर खोलामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाइते भएका पत्रकार पंण्डितलाई मंगलबार दिउसो थप उपचारका लागी […]
नागरिक रैबार/बाजुरा १४ फागुन। बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज धर्मराज पाध्यायलाई पृत शोक परेको छ । वडा अध्यक्ष पाध्यायका बुवा मनी पाध्यायको ७७ वर्षको उमेरमा शुक्रबार दिउसो जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा असामयिक निधन भएको हो । पाध्याय लामो समयदेखि दमका विरामी रहेका थिए । […]
मदन विक/बाजुरा १४ फागुन। सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको करिव ४२ किलोमिटर सडकको निर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ । मार्तडी-कोल्टी सडक खण्ड शिलान्यास भएको करिव २० वर्ष पछि सडक निर्माणले तिव्रता पाएको हो ।जिल्लाको पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तह सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुको आवतजावतलाई मध्येनजर गर्दै निर्माण हुन लागेको सो […]
नागरिक रैबार फागुन १३ बाजुरा । नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रचण्ड-माधवपक्ष बाजुरा जिल्ला कमिटीका अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी ओलीले अब राजनीति रुपमा सन्यास लिनु पर्ने बताएका छन् । बुधबार संसद पुनःस्थापनाको खुशीयालीमा सदरमुकाम मार्तडीमा उठेको जुलुस कोणसभामा परिणत भई समापन पछि भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले भने ओलीले कम्युनिष्ट आन्दोलनकै वेईज्जत गरेको र नेपाल […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
नागरिक रैबार/बाजुरा १० फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत बडीमालिका ९ मा ३ वटा लघु उद्यमी समूह गठन गरिएका हुन् । जसमा लगनसिल लघु उद्यमी समूह गैरीबजार माझगाउँमा शान्ति विक संयोजक, दिपा विक सचिव र […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७७/७८ कोे साउन देखि पुस मसान्त सम्म ६ महिनामा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । जिआईजेटको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाले नगरपालिकाद्वारा ६ महिने अवधिमा नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । । नागरिक संलग्नताको माध्यमद्वारा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिका-७ मा मेलको रुखमा कलमी गरी नासपाति रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिका ७ बाट संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुरामा भारी वर्षा भएको छ । आईतबार साँझबाट सुरु भएको वर्षा साेमबार पनि जारी छ । हिजाे आईतबार विहानै देखि अग्ला ठाउँमा बादल लागेसंगै जाडो बढीरहेको भएपनि सदरमुकाम मार्तडीमा भने हिजाे साँझबाट वर्षा सूरु भएको हो । अविरल वर्षा सूरु भएसंगै उच्च भागमा हिमपात हुने सम्भावना बढेको छ । वर्षा सूरु […]