होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ जेठ। बडिमालिका नगरपालिका वडा नं. ९का दलित वस्तिमा यूनिसेफ नेपालको आर्थिक सहयोग र बास नेपालको सहकार्यमा वडा नं. ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सरसफाई तथा खानेपानी सुुद्धीकरण गर्नका लागि पीयूष, साबुन, स्यानिटाईजर,मास्क,थर्ममिटर लगायतका सामाग्री सहयोग गरेको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको […]
राजेन्द्र बिक बाजुरा,२६जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५स्थित मना शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिविर सम्पन्न भएको छ।मर्यादित,शान्तिमय र आनन्दित जिवनका लागि समुन्नत समाज भन्ने मुख्य नारा सहित शुरु भएको शिविरको उद्घाटन स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिता बलम्पाकिले गर्नुभएको हो । सहास नेपाल बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा संचालन […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए । भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र […]
नागरिक रैबार/बाजुरा २५ जेठ।बडीमालिका नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुलाई सुधारिएको चुलो वितरण गरिएको छ । जलवायु उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको सहयोगमा बडीमालिका ९ का ३ सय ८३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो । सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको सदरमुकाम मार्तडीमा एक दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यालय धनगढीको आर्थिक सहयोगमा उक्त १ दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको हो । गोष्ठिमा बडीमालिका नगरपालिलकाका कार्यपालिका सदस्यहरुलाई लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमाका बारेमा जानकारी गराईएको छ […]
नागरिक रैबार/बाजुरा २२ जेठ।बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सदरमुकाम मार्तडी बजारको सरसफाई गर्न आफै मैदानमा खटिएका छन् । सदरमुकाम मार्तडी बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार नगर प्रमुख खड्का आईतबार दिउसो सदरमुकाम मार्तडी बजारको सरसफाईमा खटिएका हुन् । नगरपालिकाले पहिलो चरणमा मार्तडी बजारलाई सफा र व्यवस्थित बनाउने निणर्य गरेको […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले सरसफाई कार्यक्रमको सुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको सुभारम्भ गरेको हो । बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण […]
नागरिक रैबार/बाजुरा २२ जेठ। जिल्लाको बडीमालिका नगरपालिका–६ पानीनाउलालाई आइतबार विश्व वातावरण दिवसको अवसरमा मष्टेश्वरी ताजा तरकारी कृषक समुहको आयोजनमा जलवायु उत्थानशिल गाउँ घोषणा गरिएको छ । कृषक समुहले गाउँलाई हरियाली बनाउन र वातावरण स्वच्छ र सफा सुग्घर बनाउदै नमुना गाउँका रुपमा जलवायु उत्थानशिल घोषणा गरेको हो । पानीनाउला गाउँलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बडीमालिका नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका नामक पुस्तक पढाई हुने भएको छ । नगरपालिकाले नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सवैतिर उपयु्क्त हुनसक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभुत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो । नगरपालिकाको शिक्षा, युवा तथा […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना एकै ठाउँमा अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको सदरमुकाम मार्तडीमा २ सय बढी जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको हो । मार्तडीमा सभाहल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा बाजुराको प्रदेश सभा (ख) […]
नागरिक रैबार/बाजुरा २० जेठ।बडीमाालिका नगरपालिका वडा नम्बर ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ । वडामा नयाँ जनप्रतिनिधि आएसंगै आज बसेको वडा समितिको पहिलो बैठकले वडा भित्रका सामुदायिक विद्यालयमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो । वडा भित्रका एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याई […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा कार्यसमितिको पहिलो बैठक आज वडा कार्यालयमा बसेको छ । वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाको विकासका लागि महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो । ०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् । स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ । बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाले बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने निर्णय गरेको छ । बाजुराको मुटुका रुपमा रहेको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । प्रवक्ता पाध्यायका अनुसार नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएर पदभार ग्रहण गरेसंगै […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाको पहिलो बैठकबाट गरिएका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । बुधबार नगरपालिकाको नगर प्रवक्तामा तोकिएका बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले कार्यपालिकाको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । कार्यपालिकाको बहुमतबाट पारित भएका बैठकका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने भएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आईसकेपछि आज नगरपालिकामा बसेको कार्यपालिकाको पहिलो बैठकले मार्तडी बजार क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने निणर्य गरेको हो । नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा हुन सक्ने सम्भावित चोरी डकैति जस्ता अपराध नियन्त्रण एंव बजार […]
नागरिक रैबार/बाजुरा १८ जेठ।बडीमालिका नगरपालिकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि बडीमालिकाले भने उक्त दिन समेत कार्यालयको कामकाग गर्ने निणर्य गरेको हो । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको […]