होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सहास नेपालद्वारा ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण
Breaking News

सहास नेपालद्वारा ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण

  • नागरिक रैबार
सहास नेपालद्वारा ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण

नागरिक रैबार
बाजुरा ६ साउन
सहास नेपाल बाजुराले बडीमालिका ८ र ९ का ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरेकाे छ ।
सहास नेपाल बाजुराद्वारा संचालन भएकाे लिफ्ट परियाेजनाले बडीमालिका ९ मा रहेकाे हातेमालाे कृषक समूह बाउलीका ३६ र रतुडाका १४ गरि ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरिएकाे सहास नेपाल लिफ्ट परियाेजनाका दिपक धामीले बताएका छन् ।
उनका अनुसार ५० जना मध्ये ८ जनालाई थाेपा सिचाई ट्याँक्की र प्लास्टिक घर समेत वितरण गरिएको हाे ।
सहास नेपालकाे कार्यालयमा आज एक कार्यक्रमका विच उक्त सामाग्रीहरू बडीमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले कृषकलाई हस्तान्तरण गरेका थिए ।
सामाग्री वितरण कार्यक्रममा बडिमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विक, सहास नेपालका समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका परियाेजना अधिकृत रामबहादुर खत्री, हातेमालाे कृषक समूह बाउलीका अध्यक्ष अम्मर विश्वकर्मा लगायत अन्य कृषकहरूकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार