होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न
समाचार

एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न

  • नागरिक रैबार
एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न

नागरिक रैबार/बाजुरा १० साउन।एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ । असार १० गतेबाट संचालन भएको १ महिने आधारभुत तालिम आज सम्पन्न भएको हो ।बडीमालिका नगरपालिकाको समन्वय र युएनडिपि प्रयास नेपालद्धारा संचालन भईरहेको जिविकोपाजर्नका लागि अस्थायी आधारभुत आय सहायता (प्रयास) परियोजनाको सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।

May be an image of 8 people, people sitting and indoor

असार १० गतेबाट बडीमालिका नगरपालिका ९ को हलमा पहिलो चरणमा संचालन गरिएको आधारभुत सिलाई कटाई तालिममा बडीमालिकाका १, ४, ७ र ९ नम्बर वडाका गरी ३१ जना विपन्न महिला सहमागि थिए ।तालिममा सिलाई कटाई सम्वन्धि ब्लाउज, पेटिकोट, बालवालिकाका भोटो र कपडा कटाई र मेसिन चलाउने लगायतका आधारभुत कुराहरु सिकाईएको तालिम प्रशिक्षक रति दमाईले बताएका छन् ।

विज्ञापन

May be an image of 3 people, people sitting, people standing and indoor

बडीमालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सुर्य किरण बिकको अध्यक्षतामा समापन गरिएको १ महिने तालिमको ्प्रमुख अथिति बडीमालिका नगर -उपप्रमुख नन्दा थापा, विशिष्ट अथिति बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा, लगायत प्रयास नेपाल बाजुराका सहजकर्ता, र तालिमका प्रशिक्षक द्वय जंग सनाई र रती दमाई लगायत सहभागि भएका थिए ।

May be an image of 5 people, people sitting and indoor

तालिम समापन कार्यक्रममा बोल्र्दै नगर उपप्रमुख नन्दा कुमारी थापाले महिलाहरुलाई यो सिलाई कटाई तालिमले आत्मनिर्भर बन्न सजिलो हुने बताएकी छन् । उनले बडीमलिका नगरपालिका भित्रका महिलाहरुका लागि नगरपालिकाले महिलालाई रोजगारमुलक बनाउन अझै यस्ता थुर्पै तालिमहरु प्रदान गर्ने बताईन् ।
तालिम समापन पश्चात सहभागिहरुलाई सिलाई कटाई मेसिन समेत हस्तान्त्रण गरिएको बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार