होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग
बडीमालिका

क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग

  • नागरिक रैबार
क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग

नागरिक रैबार/ १८ साउन बाजुरा । बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षका छोरा क्यान्सर पिडित सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।  सदरमुकाम मार्तडीमा सहयाेगकाे लागि गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन । प्रकाश सार्की बचाउ अभियानमा युवाहरुले केही दिनमा देश तथा बिदेश र सदरमुकाम मार्तडीमा संकलन गरेको १ लाख ४ हजार ५ सय ६० रुपैयाँ संकलन भएको रकम हस्तान्तरण गरेको प्रसाद रावलले बताएका छन ।

भिडीको २० बर्षको छोरा प्रकाश सार्की शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा जिवन मरणको दोसाधमा रहेका छन् । उनको आर्थिक स्थिती कमजोर भएकोले उनकी आमाले सहयोगका लागि हारगुहार गर्दा युवाहरुले अभियानमार्फत संकलन गरेको रकम समाज सुधार युवा क्लव मार्फत हस्तान्तरण गरेको संजालका अध्यक्ष प्रेम नेपालीले बताए ।

डडेल्धुरा अस्पताल बाट रिफर गरेका प्रकाशको आर्थिक अभाबमा अहिले जिवनमरणको दोसाधमा रहेका सार्कीको उपचारका लागि थप अभियान समेत संचालनमै रहेको उनले बताएका छन । प्रकाशको डडेल्धुरा अस्पतालमा आन्द्राको अप्रेसन गरेको थियो । पहिला अस्पतालले आन्द्रा च्यापिएको भनेर अप्रेसन गरेको थियो । अप्रेसन गर्दा आन्द्रामा मासु पलाएको क्यान्सर हुन सक्ने भन्दै डडेल्धुरा अस्पतालले शुशिल कोइराला क्यान्सर अस्पतालमा रिफर गरेको थियो । अस्पतालमा चेकजाँच गर्दा क्यान्सर देखाएको सार्कीका आफन्तले बताएका छन ।

विज्ञापन

गत पुषमा बुवा जया सार्की गुमाएका प्रकाश अहिले आफै मृत्युको शै्यामा तड्पिरहेका छन् । प्रकाशकी आमा भिडी अहिले छोरा बँचाउनका लागि भौतारिरहेकी छन् । सदरमुकाम मार्तडीमा नगरपालिका तथा सरकारी कार्यलय धाइरहेकी छन् । भिडिले रुदै भनिन्, पैसा नभएर उपचार गर्न नसक्दा श्रीमानको मृत्यु भयो,  फेरी छोरा जिवनमरणको दोसाधमा रहेको छोरा बचाईदिन आग्रह गरिन् ।

शुशिल कोइराला क्यान्सर अस्पतालले अहिले किमो चलाएर अप्रेसन गरेको घाउ सुक्न लगाउने त्यसपछि मात्र अप्रेसन गर्ने वताएको छ । प्रकाशलाई किमो चलाउन देखी अस्पतालमा एक बोतल पानि किन्ने पैसा नभएको वताए । उपचार त धेरै टाढाको बिषय हो, सिटामोल किन्ने पैसा समेत नभएको प्रकाश खड्काले बताएका छन ।

May be an image of 1 person and text that says 'प्रकाश सार्की बचाऊ अभियान बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं. ३ે बस्ने २० वर्षिय प्रकाश सार्की आन्द्राको क्यान्सर रोगवाट ग्रसित भई शुसिल कोडराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बाँकेमा उपचार भईरहेको घ। महिना अगाडी बुबा गुमाएका प्रकाशको घरको आर्थिक अवस्था कमजोर छ। आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालको शैयामा जिवन र मृत्यु संँग लडिरहेका छन। उनलाई उपचार गर्न सहयोग गरिदिन हुन विनम्र अनुरोध गरदछै। Dhanraj Sharki B487890789524001 (NIC Asia Bank) Contact No. 9848609822 प्रकाश साकी सम्पर्क नं.: ९७४४३८९८०७'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार