होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाज सुधार युवा क्लवले गर्यो नगर सरसफाई सप्ताह सूरु
समाचार

समाज सुधार युवा क्लवले गर्यो नगर सरसफाई सप्ताह सूरु

  • नागरिक रैबार
समाज सुधार युवा क्लवले गर्यो नगर सरसफाई सप्ताह सूरु

नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो ।

No description available.
बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी आजबाट सरसफाई सप्ताह सूरु गरिएको समाज सुधार युवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् ।

No description available.

विज्ञापन

बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी आज विहान सदरमुकाम मार्तडी बजार प्रवेश गर्ने मुख्य राजमार्ग सडकमा जथाभावि फालेको प्लाष्टिक जन्य फोहोरको सरसफाई गरेको हो ।

No description available.

त्यस्तै नगर सरसफाई सप्ताह भरी मार्तडी बजार भित्रका सवै ठाउँमा सरसफाई गर्ने क्लवका सचिव दलबहादुर नेपालीले बताएका छन् । उनका अनुसार सप्ताह कार्यक्रम अन्तरगत भोली विहान गौडाडिल देखि अस्पताल सम्मको बाटो सरसफाई गरिने छ ।

No description available.

समाज सुधार युवा क्लवको आयोजनामा आजबाट सूरु गरिएको नगर सरसफाई कार्यक्रममा बडीमालिकाकी उपप्रमुख नन्दा थापा, नेकपा एमाले प्रचार विभाग प्रमुख काँशी विक, एमाले जिल्ला कमिटी सदस्य तुलाराम जोशी, बडीमालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत रंगमल विक, मालिका माविका शिक्षक धिरबहादुर दानी, बडीमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विक, राष्ट्रिय युवा संघका शंकर चंदारा लगायत क्लवका पदाधिकारीहरु सहभागि भएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार