होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साँफे-मार्तडी सडकलाई सूचारु गर्न काँग्रेस बडीमालिकाको माग
समाचार

साँफे-मार्तडी सडकलाई सूचारु गर्न काँग्रेस बडीमालिकाको माग

  • नागरिक रैबार
साँफे-मार्तडी सडकलाई सूचारु गर्न काँग्रेस बडीमालिकाको माग

नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ ।

शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण गराएको हो ।

बडीमालिका मन्दिरमा जनैपूणर्िमाको अवसरमा लाग्ने मेलामा दर्शन गर्न जिल्ला बाहिरबाट आउने तिर्थालु तथा भक्तजनहरुलाई गन्तव्यमा पुग्नको बल्दे-दवारी सडक खुलाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिका सभापति गोपालबहादुर कार्कीले बताएका छन् ।

विज्ञापन

त्यस्तै नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले साँफे-मार्तडी राजमार्ग बल्दे दवारी सडकको पहिरोकै कारण बाजुराबासीले विगत वर्षदेखि समस्या झेल्दै आएकोले यसको दिगो व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो ।

No description available.

साँफे मार्तडी राजमार्ग अन्तरगतको बल्दे दवारी सडक एकसाता देखि अवरुद्ध भई मार्तडी लगायतका बजारहरुमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामानहरुको विक्रि दरमा वृद्धि भईरहेकोले तत्कालै बल्दे दवारी सडकमा पैदल यात्री तथा भरीयालाई आउजाउ गर्ने बाटो बनाउन माग गरेको छ ।

यता प्रमुख जिल्ला अधिकारीले सडक खुलाउने विषयमा पटक पटक सडक विभागलाई आग्रह गर्दै आएको बताएका छन् । उनले बल्दे दवारी सडकमा वर्षाका कारण ठुलो पहिरो गएकाले तत्काल त्यस क्षेत्रको सडक सुचारु गर्न नसकिने र पैदलमार्ग सम्म निर्माण गर्न पहल गरिरहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार