होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका पत्रकार पंडित पिछडिएको क्षेत्रबाट सचिवमा लड्दै
समाचार

बाजुराका पत्रकार पंडित पिछडिएको क्षेत्रबाट सचिवमा लड्दै

  • नागरिक रैबार
बाजुराका पत्रकार पंडित पिछडिएको क्षेत्रबाट सचिवमा लड्दै

नागरिक रैबार/बाजुरा ६ साउन। नेपाल पत्रकार महासंघ बाजुरा-बझागं शाखाका संस्थापक सभापति पत्रकार दयाराम पंडित पिछडिएको क्षेत्रबाट नेपाल प्रेस युनियनको सचिव पदमा लड्ने भएका छन् ।

नेपाली काँग्रेस निकट पत्रकारहरुको साझा स‌ंस्था नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा पत्रकार दयाराम पण्डित पिछडिएको क्षेत्रबाट सचिव पदमा लड्ने भएका हुन । बाजुरा जस्तो विकट ठाउँमा बसेर पत्रकारिताको जग बसाल्ने पण्डित पिछडिएको क्षेत्रबाट यनियनको सचिव पदका उमेदवार बनेका हुन ।

पण्डितले नेपाल पत्रकार महासंघ बाजुरा बझाङ्ग शाखाका संस्थापक सभापति, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा रेडियो पौरखीको संस्थापक अध्यक्ष भएर कामकाे अनुभव बटुलिसकेकाे छन । भने हाल नेपाल समाचार पत्रमा समेत आबद्ध रहेका छन् ।
नेपाल प्रेस युनियनको अधिबेशन आजबाट हेटाैडामा सुरु भएकाे छ । अधिवेशनमा १ हजार ६ सय ३० प्रतिनिधिहरु सहभागि भएका छन् । प्रतिनिधिहरुले आगामी तीन बर्षका लागि प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्नेछन् ।

विज्ञापन

संस्थापन पक्षबाट युनियनको अध्यक्षमा अनिता विन्दु रहेकी छन् भने संस्थापन इत्तर समूहबाट शिव लम्साल अध्यक्षको उम्मेदवारी दिने भएका छन् । पिछडिएको क्षेत्रबाट सचिव पदमा उम्मेदवारी दिन लागेका पंडित पनि शिव लम्सालकै नेतृत्वको टिममा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार