होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • क्यान्सर पीडित प्रकाश सार्की बचाउ अभियानमा २ लाख ८७हजार संकलन
समाज

क्यान्सर पीडित प्रकाश सार्की बचाउ अभियानमा २ लाख ८७हजार संकलन

  • नागरिक रैबार
क्यान्सर पीडित प्रकाश सार्की बचाउ अभियानमा २ लाख ८७हजार संकलन

नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ ।

शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो । युवा क्लवका प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपाली लगायतको टोलीले सो रकम संकलन गरेको जनाएको छ । उनीहरुले संकलन गरेको मध्य १ लाख ४ हजार ५ सय ६० रुपैयाँ उपचारका लागि आफन्तलाई यस अघि नै हस्तान्तरण गरिसकेको युवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन । युवाहरुले केही दिनमा देश तथा बिदेश र सदरमुकाम मार्तडीमा संकलन गरेको संकलन भएको रकम हस्तान्तरण गरेको नेपालीले बताए ।

बाकी रहको १ लाख ८३ हजार ७६ रुपैया केही दिनमै आफन्तलाई हस्तान्तरण गर्ने प्रकाश खड्काले बताएका छन । यो संगै अभियानलाई स्थगित समेत गरिएको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन । भिडीको २० बर्षको छोरा प्रकाश सार्की शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा जिवन मरणको दोसाधमा रहेका छन् । उनको सहयोगका लागि परिवारले हारगुहार गर्दा समाज सुधार युवा क्लव मार्फत प्रकाश सार्की बचाउ अभियान संचालन गरिएको अध्यक्ष नेपालीले बताए ।

विज्ञापन

डडेल्धुरा अस्पताल बाट रिफर गरेका प्रकाशको अहिर्ले शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा उपचाररत रहेका छन । जिवनमरणको दोसाधमा रहेका सार्कीको उपचारका लागि थप अभियान समेत गरी उठाएको रकम केही दिई सकेको र बाकी पछिल्लो हप्ता अपरेशन हुने भएकोले केही दिनमै हस्तान्तरण गरिने बताएका छन ।

गत पुषमा बुवा जया सार्की गुमाएका प्रकाश अहिले आफै मृत्युको शै्यामा तड्पिरहेका छन् । प्रकाशकी आमा भिडी अहिले छोरा बँचाउनका लागि भौतारिरहेको अबस्थामा क्लवले ठुलो सहयोग गरेको आफन्तहरुले बताएका छन ।

शुशिल कोइराला क्यान्सर अस्पतालले अहिले किमो चलाएर अप्रेसन गरेको घाउ सुक्न लगाउने त्यसपछि मात्र अप्रेसन गर्ने वताएको छ । प्रकाशलाई किमो चलाउन देखी अस्पतालमा एक बोतल पानि किन्ने पैसा नभएको अबस्थामा क्लवले अभियान मार्फत सो रकम संकलन गरीदिएको प्रकाश खड्काले बताएका छन् ।

पेट दुखेर अछामको बयालपाटा अस्पताल पुगेका प्रकाश डडेल्धुरा अस्पताल हुदै शुशिल कोइराला क्यान्सर अस्पतालको शै्यामा तड्पिरहेका छन् । उनको परिवार क वर्गको गरिब परिवार रहेका छन । भिडीका ७ जना परीवार रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार