होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान सूरु
समाचार

बाजुरामा विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान सूरु

  • नागरिक रैबार
बाजुरामा विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान सूरु

नागरिक रैबार/बाजुरा ७ असोज।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी बाजुराले विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी अभियान सूरु गरेको छ ।

अखिल क्रान्तिकारी बाजुराले सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट सो अभियान सूरु गरेको हो ।विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी भन्ने मुल नाराका बाजुरामा सदरमुकामको मालिका नमुना माविबाट अभियानको सूरुवात गरिएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज सांउदले बताएका छन् ।

उनका अनुसार पहिलो चरणमा सदरमुकामको विद्यालयबाट अभियानको सूरुवात गरिएको हो जिल्लाभरीका विद्यालयमा सो अभियान दशैं तिहारपछि सूरु गरिने छ ।

विज्ञापन

No description available.

मालिका माविमा सूरु गरिएको सो अभियान अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँदको अध्यक्षतामा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र जिल्ला संयोजकः देबिचन्द्र बुढा (दिपक) रहेका थिए भने बिशिस्ट संगठनका प्रदेश उपाध्यक्ष तथा जिल्ला इन्चार्ज गोकुल बिक, अतिथि केन्द्रिय सदस्य दिनेश बिसि संगठनका जिल्ला उपाध्यक्ष पदम रावत लगायत विद्यार्थीको बिशेष उपस्तिथिमा अभियानको सूरुवात गरिएको थियो । कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका जिल्ला सदस्य बसन्त कार्किले गरेका थिए ।

May be an image of text

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार