होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकामा बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन
बडीमालिका

बडीमालिकामा बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन

  • नागरिक रैबार
बडीमालिकामा बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन

नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर ९ मा २५ सदस्यीय बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको छ ।
बडीमालिका नगरपालिकाको वडा नम्बर ९ का महिलाहरुको उत्साहजनक भेलाबाट शोधा नेपाली संयोजक, उज्जला वि.क. सह–संयोजक, सचिव कल्पना विक रहने गरी २५ सदस्यीय वैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बाजुराका प्रेमबहादुर  विकले बताएका छन ।

महिलाहरू क्रान्तिकारी आन्दोलनमा आउनै पर्छ भन्ने होईन, महिलाहरू क्रान्तिकारी आन्दोलनको अगुवाइमा आएनन भने आन्दोलन नै सफल हुँदैन भन्ने भाष्य स्थापित गर्न नै बाजुराको बडीमालिका ९ मा बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी बाजुराका विकले बताएका छन ।

उनले भने आज बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं. ९ को दलित सामुदायिक भवनमा उपस्थित दलित महिलाहरूको यो उत्साहजनक भेलाले महिलाहरु उत्पीडन तथा मुक्तिको आन्दोलनमा टेवा पुग्ने विश्वास लिएको बताएका छन् ।
भेलामा बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशका यसोधा बराल र स्याम सर्वजित लगायत ९० बढी दलित महिलाहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार