होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एकीकृत समाजबादी बाजुराले टुङ्यायाे प्रदेश र सघंका उम्मेदवार
समाचार

नेकपा एकीकृत समाजबादी बाजुराले टुङ्यायाे प्रदेश र सघंका उम्मेदवार

  • नागरिक रैबार
नेकपा एकीकृत समाजबादी बाजुराले टुङ्यायाे प्रदेश र सघंका उम्मेदवार

नागरिक रैबार/बाजुरा १३ भदौ । नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ ।

त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न‍‌ (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही, नेकपा एकीकृत समाजबादी बाजुराका पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेकाे नेकपा समाजबादी पार्टीले जनाएकाे छ ।

त्यसै गरी प्रदेश निर्वाचन क्षेत्र नं (ख) काे उम्मेदवारमा पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउँद खड्कालाई सिफारी गरेकाे जनाएकाे छ ।

विज्ञापन

संघकाे समानुपातिक तर्फ पाटीका नेता काँशी नेपाली, दावा गुरूङ्ग भाेटे र सत्य खड्का थापालाई सिफारिस गरिएकाे नेकपा समाजबादीका सचिवालय सदस्य अनिल शाहीले बताएका छन । प्रदेश समनुपातिक तर्फ अमृता रावल बाेहाेरा र सतल कामी विकलाई सिफारीस गरेकाे शाहीले बताएका छन । बैठक साेमबार बिहानबाट पुन बसेकाे र जारी रहेकाे सदस्य शाहीले‍ बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार