होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ६ का स्थानीयले लगाए नेपाल टेलिकमको कार्यालयमा ताला
समाचार

बडीमालिका ६ का स्थानीयले लगाए नेपाल टेलिकमको कार्यालयमा ताला

  • नागरिक रैबार
बडीमालिका ६ का स्थानीयले लगाए नेपाल टेलिकमको कार्यालयमा ताला

नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् ।

वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो ।

नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन पटकपटक आग्रह गर्दापनि कुनै सुनुवाई नभएपछि टेलिकममा ताला लगाउन बाध्य भएको बडीमालिका ६ वडाध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।

विज्ञापन

सदरमुकामसंगै जोडिएको बडीमालिका नगरपालिकाका वडामा संचार सुविधा नहुनुले वडाबासीलाई फोन गर्न समेत अग्लो डाँडामा धाउनु पर्ने बाध्यता छ ।

वडाबासीले टेलिकमको कार्यालय बाहिर विज्ञप्ती टाँसेर ताला लगाएका छन् । यता नेपाल टेलिकमका कार्यालय प्रमुख पदम पडालले भने साँफे-मार्तडी सडक समस्याका कारण टावरका सामाग्रीहरु ल्याउन नसकिएको बताएका छन् । सडक नियमित सुचारु हुने वित्तिकै टावरका सामाग्री ल्याएर वडाबासीलाई संचार सुविधा दिने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार