होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मालिकाले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान
समाचार

मालिकाले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान

  • नागरिक रैबार
मालिकाले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान

नागरिक रैबार/बाजुरा ७ असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

No description available.

विद्यालयले गत भदौ १५ देखि २३ गतेसम्म संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशै, तिहार, छठ पर्व-२०७९ तथा नेपालसम्वत् ११४३ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको हो ।

विज्ञापन

बडा दशैंको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै परिक्षामा सहभागि कक्षा १ देखि १० सम्मका सवै विद्यार्थीहरुको ग्रेडसिट सहित उत्तरपुस्तिका विद्यार्थीलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए ।

विद्यालयका शिक्षक धिरबहादुर दानीले संचालन गरेको उक्त कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले गरेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुका विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुति गरिएकाे थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार