होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • वडा अध्यक्ष पाध्यायको रगतले एक महिलाको ज्यान जोगियो
बडीमालिका

वडा अध्यक्ष पाध्यायको रगतले एक महिलाको ज्यान जोगियो

  • नागरिक रैबार
वडा अध्यक्ष पाध्यायको रगतले एक महिलाको ज्यान जोगियो

नागरिक रैबार/बाजुरा ३१ भदौ।बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् ।

रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरामा कोही बिरामी भएर रगत चाहीएमा नेपाली सेना नेपाल, शसस्त्र प्रहरी, नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ। सुरक्षाकर्मीले रगत दिएर बाजुरामा बिरामी बचाउने कुरा नयाँ होइन् । कोही बिरामीलाई रगत आबश्यक परे सुरक्षाकर्मी स्वास्थ्यकर्मी र जनप्रतिनिधीलाई हारगुहार गर्नुपर्ने बाध्यता रहेको छ ।

विज्ञापन

बडिमालिका नगरपालिका ४ बस्ने १९ बर्षिय खुस्मा उखेडलाई रगत आबश्यक पर्दा बडिमालिका ७ का वडाअध्यक्ष तथा नगर प्रबक्ता पाध्यायले रगत दिएका थिए । उखेडालाई बि पोजेटिभ रगत आबश्यक परेको थियो वडा अध्यक्ष पाध्याय आएर रगत दिएर उनको ज्यान जोगियो जिल्ला अस्पताल बाजुराका ल्याब असिटेन्ट जगत शाहिले वताए ।

समयमै रगत नपाउँदा विगतका वर्षदेखी यहाँका अधिकांश महिला तथा पुरुषको जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटी बाजुराले खोलेको ब्लड बैंक संचालन नआएका कारण यस्तो समस्या हुने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

जिल्ला अस्पतालमा ब्लड बैकंका लागि लाखौ रुपैया खर्च भएको भए पनि ब्लड बैंक स्थापना नहुँदा बाजुरामा रगत अभाव हुने गरेको छ । बाजुरामा कोही बिरामीलाई रतग चाहिएमा नेपाली सेना नेपाल प्रहरी, कर्मचारी र स्वयम स्वास्थ्य कर्मीहरुले रगत दिनुपर्ने बाध्यता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार