होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निजामती कर्मचारी युनियन बाजुराले बाँड्यो बिरामीलाई फलफूल
समाचार

निजामती कर्मचारी युनियन बाजुराले बाँड्यो बिरामीलाई फलफूल

  • नागरिक रैबार
निजामती कर्मचारी युनियन बाजुराले बाँड्यो बिरामीलाई फलफूल

नागरिक रैबार/बाजुरा १९ भदाै । नेपाल निजामती कर्मचारी युनियन बाजुरा शाखाले जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेको नेपाल निजामती कर्मचारी युनियन बाजुराका शाखाका अध्यक्ष कुल बहादुर रावलले बताएका छन् ।

राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता भन्ने मुल नाराका साथ आज देशैभरी मनाइरहेको नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवस बाजुरामा पनि मनाइएको हो ।

विज्ञापन

अन्य विभिन्न औपचारिक कार्यक्रमहरु संचालन गरी स्थापना दिवस मनाउनु भन्दा पनि प्रत्यक्ष बिरामीलाई लाभ हुने गरी स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरिएको रावलले बताएका छन् ।

प्रत्येक्ष बिरामीलाई लाभ हुने गरी स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेकोप्रति जिल्ला अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीले युनियनलाई धन्यवाद समेत दिएका छन् ।

फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे, जिल्ला सभापती रामसिंह रावल, काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरु, कर्मचारी युनियनका पदाधिकारीहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार