होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा यसरी मनाईयो निजामती दिवस (फोटोसहित)
समाचार

बाजुरामा यसरी मनाईयो निजामती दिवस (फोटोसहित)

  • नागरिक रैबार
बाजुरामा यसरी मनाईयो निजामती दिवस (फोटोसहित)

नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो ।

१९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा बृक्षारोपण गरी दिवस मनाएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउइदै आइरहेको छ।

May be an image of 9 people, people standing, tree and grass

विज्ञापन

दिवसको अवसरमा आज बिहान ८ बजे खुला मञ्चमा प्रभाबत फेरी कार्यक्रम आयोजना गरिएको दिवस जिल्ला समारोह समितिले जनाएको छ । निजामती सेवा दिवसको अवसरमा देशभर रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजना समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्टले बताएका छन ।

May be an image of 4 people, people standing and grass

निजामती सेवा दिवस जिल्ला समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको संयोजकत्वमा सम्पुर्ण राष्ट्रसेवक निजामती कर्मचारी, सुरक्षा कर्मी समेतको सहभागितामा मार्तडी स्थित बडिमालिका मन्दिर परिसर सरसफाई, दुर्गाभञ्जन गुल्म थापाथली ब्यारेक परिसरमा बृक्षारोपण कार्यक्रम गरी मनाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

May be an image of 9 people, people sitting, people standing and outdoors

दिवसको अवसरमा आज बेलुका सबै सरकारी कार्यालयमा दीपावली गर्ने कार्यक्रम समेत रहेको उनले बताएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला स्थित निजामती कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 8 people, people standing, mountain and tree

 

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार