होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
नागरिक रैबार/बाजुरा १३ भदौ । नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ । त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा […]
बाजुरा । जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरा लाई भेन्टिलेटर सहयोग गरेको छ । मलेसियामा रहेको प्रबासी नेपालीको सहयोग र रिटनिङ माइग्रेट नेपाल सुदुरपश्चिमको समन्वयमा भेन्टिलेटर सहयोग गरेको रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मि सदस्य हिक्मत थापाले बताए । कामको सिलशिलामा बिदेशीयका नेपालीहरुले काम गरेर देशका नागरिकहरुलाई स्वाथ्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरेको थापाले बताए […]
बाजुरा । जनताको साथमा काँग्रेस अभियान जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका विच नेपाली काँग्रेस वीपी स्मृती भवनमा उक्त कार्यक्रम सुरु गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस […]
नागरिक रैबार/बाजुरा १० भदौ । बाजुरामा राति १० बजे पछि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा हुने बिभिन्न नाँचगान लगायतका कार्यक्रमहरु राति १० बजे पछि गर्न नदिने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
नागरिक रैबार/बाजुरा ७ भदौ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका बाढि पिडितले राहत तथा क्षेतीपुर्ति अहिले सम्म पाउन सकेका छैनन् । बाढि गएको दूई हप्ता वितिसक्दा पनि न राहत पाएका छन् नत क्षेती पुर्ति । साउन २० गते राती १२ बजे अविरल बर्षा संगै आएको बाढिले करिब २० रोपनी धानी बाली बगाएर सखाव पारेको […]
बाजुरा । बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन । बन्दको आह्वन गर्दे हिडेका उनीहरु प्रकाउ परेका हुन । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ […]
बाजुरा । बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्। भौगोलिक हिसाबले बाजुरा जिल्लालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ। उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ। उच्च पहाडी क्षेत्रमा दोहालेक […]
प्रकाश विक/बाजुरा ५ भदौ। जिल्लाको बडीमालिका नगरपालिकाको वडा नम्मर ९ ले वडा भित्र घरेलु मदिरा विक्रि वितरण र उत्पादन गर्न नदिने निणर्य गरेको छ । वडाले आज एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेर वडामा घरेलु मदिराको विक्रि वितरण र उत्पादनलाई पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको हो । वडाले इजाजत प्राप्त मदिरा व्यापारीहरुलाई मदिरा विक्रि वितरणलाई […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप […]
नागरिक रैबार/बाजुरा १ भाद्र।सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले बडीमालिका मन्दिरमा मल्लागिरी पर्वत रहेको ठाउँमा २१ फिट लामो त्रिशुल चढाईएको छ । त्रिवेणी नगरपालिकाका विरु खड्काको संयोजकत्वमा देश भित्र र बाहिरबाट गरी ७७ जनाबाट ३ लाख ८२ हजार १ सय ८७ बढी रकम संकलन गरेर बडीमालिका मन्दिर परिसरमा २१ फिटको त्रिशुल चढाईएको […]
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक […]
नागरिक रैबार/बाजुरा २९ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ले गत आर्थिक वर्ष २०७८/७९ मा वडा संचालन भएको योजनाहरुको सार्वजनिक सुनुवाई गरेको छ । वडाले गएको आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुलाई पारदर्शी बनाउन वडाले संचालन गरेका योजनाहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । वडामा ०७८/७९ का लागि विनियोजन गरेको […]
नागरिक रैबार/बाजुरा २८ साउन। प्रेस चौतारी नेपाल बाजुराले धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा एतिहासिक बैठक सम्पन्न गरेको छ । बडीमालिका तिर्थ यात्राको अवसर पारेर प्रकृतिको अनुपम उपहार २२ पाटन क्षेत्र त्रिवेणी धाममा प्रेस चौतारीले एतिहासिक बैठक सम्पन्न गरेको हो । बैठक बसेको स्थल करिब ४ हजार १ सय बढीको उचाइमा पर्छ । बडीमालिका […]
नागरिक रैबार/बाजुरा २८ साउन।करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाइ नेपाल बिद्युत प्राधिकरणलले क्षेती पुर्ती सहित एक जनालाई करार कर्मचारी राख्ने सहमती गरेको छ । रावलकोे कमाइबाट आश्रित उनको १० जनाको परिवार बिचल्लीमा पर्ने देखीएपछि सर्बपक्षिय बैठकले राहत स्वरुप क्षेतीपुर्तीका लागि प्राधिकरणले ब्यहोर्नुपर्ने निणर्य गरेको हो । बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत […]
नागरिक रैबार/ २६ साउन बाजुरा । बडिमालिका र बुढिनन्दामा मन्दिरमा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका र बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो । साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा […]
नागरिक रैबार/ २३ साउन बाजुरा । बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको हो । बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको […]
नागरिक रैबार/ २३ साउन बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाको नवौँ कार्यपालिकाको निर्णयअनुसार बडीमालिका तीर्थ यात्रा प्रारम्भ हुने भएकाले आज बिदा दिइएको हो। आइतबार एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय लगायतका सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरु र सम्पूर्ण स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रहरुमा २३ गते (आज)का दिन […]