होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/ बाजुरा १२ चैत। बाजुराकाे गौमुल गाउँपालिकामा एक जना किशोरीकाे भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ६ कि कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँरा रहेकि छन् । घरका लागि सामान किन्न पसल गएर घर फर्किने क्रममा रातीमाटाे भन्ने भिरबाट लडेर मृत्यु भएकाे आफन्तले बताएका छन् । किशोरीकाे ५० मिटर तल […]
बाजुरा: बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे। बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो […]
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा २९ माघ। नेपाली काँँग्रेस प्रदेश‘ख’ को कोषाध्यक्षमा जनकबहादुर रोकायालाई मनोनित गरेकाे छ । नेपाली काँँग्रेस प्रदेश‘ख’ को शनिबार बसेको कार्य समितिको दाेस्राे पूर्ण बैठकले प्रदेश‘ख’ काे कोषाध्यक्षमा रोकायालाई मनोनित गरेको हाे । नेपाली काँँग्रेस प्रदेश‘ख’ पार्टीको दोस्रो पुर्ण बैठकले जेष्ठ सदस्यका रुपमा रहेका रोकायालाई कोषाध्यक्षमा मनोनित गरेको नेपाली कांग्रेस प्रदेश‘ख’ का सचिव चक्रराज […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा १३ पुस।जिल्लाको गौमुल गाउँपालिकामा एक दिने वृहत कृषि तथा खाद्य मेला कार्यक्रम साेमबार सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरासहित विभिन्न संघसंस्थाको सहयोग तथा समन्वयमा उक्त एकदिने कृषि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको हो । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडीवुटि […]
नागरिक रैबार/बाजुरा ८ पुस। अनेरास्ववियु गौमुल गाउँ संगठन कमिटी अध्यक्षमा नरेन्द्र विक चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौमुल गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनबाट विक निर्वाचित भएका हुन् । निर्वाचित विकको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरिएको छ । अध्यक्षमा चयन भएको विक विद्यार्थीका सक्षम सवालमा बोल्ने व्यक्ति समेत हुन् […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । परियोजना लागु […]
नागरिक रैबार/बाजुरा १ मंसिर। मानव संसाधन केन्द्र (एचआरसि) बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण लागि भन्दै गौमुल गाउँपालिकालाई १० लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । मानव संसाधन केन्द्र (एचआरसि) बाजुराद्धारा संचालनमा रहेको गुणस्तरिय शिक्षा प्रवर्धन तथा बैकल्पिक जिविकोपार्जन परियोजना (EBLOP) अन्तरगत गाउँपालिका भरिका समुदाय तथा सिमान्तकृत समुदायलाई कोरोना भाईरसबाट हुने महामारी रोकथाम तथा न्युनिकरणका […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]