होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ । यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । […]
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष प्रस्तावित नियमावलीमा संशोधन गर्न सहमत भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा आएको सुझावहरुका आधारमा परिर्माजन गर्ने जिम्मेवारी रमेश लेखक नेतृत्वको मस्यौदा समितिलाई दिँदै बैठकले नियमावलीलाई पास गरेको छ । २२ गतेबाट सुरु भएको नेतृत्वमा नियमावली पेश भएको थियो तर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरुले अनुशासन, […]
प्रमित बि.क/ बाजुरा २९ असार । बाजुराको गौमुल गाउँपालिकामा वडा न. ६ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक सहयोग गौमुल गाउँपालिका कृषि शाखाको समन्वयमा उतm वडाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको हो । एक स्थानीय तह एक कागती गाउँ अभियान र कृषि ज्ञान केन्द्र बाजुरा र गौमुल […]
काठमाडौं, असार २९ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएरातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश […]
काठमाडौं । लगातार पानी बढ्न थालेपछि कोशी ब्यारेजमा भएका ढोका बन्द गर्न भारतले गरेको अनुरोध नेपालले अस्विकार गरेको छ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव आज साँझ साढे तीन लाख पुग्न लागेको छ । पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछी बहाव उच्च हुनेक्रम निरन्तर भइरहेको छ । साँझ ६ बजेको मापनअनुसार कोशीमा पानीको बहाब ३ […]
इटहरी : सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव […]
मकवानपुर– बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको […]
काठमाडौं : श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ। ‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाउने, होस्ट सरकार ( श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका […]
असार २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवान सहित तीन जना लाई रु एक लाख घुस सहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारी लाई घुस सहित पक्राउ गरेको हो । सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने […]
२८ असार, काठमाडौं । सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले राहत […]
भोजपुर :अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो। घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु […]
बिहिबार रातिदेखि परेको पानीले हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २१ जनाको मृत्युसँगै १० जना अझै बेपत्ता छन्। त्यसैगरी १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ। उसले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन […]
संगिता तिमिल्सेना /बाजुरा २७ असार। वडीमालिका नगरपालिकाका ५ वटा वडा एकैसाथ साक्षर वडा घोषणा गरिएका छन् । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् । वडा नं ८ मा […]
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट १७ जनाको मृत्यु भएको छ । सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् भने विभिन्न धनमाल क्षति भएको छ । वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी […]
काठमाडाैं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्यु नीतु यादव, शर्मिला यादव […]
काठमाडौ – लगातारको वर्षासँगै राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन्। डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन्। कोही भने घरकै माथिल्लो तलातिर रहेका छन्। यस्तै पानी परिरहे काठमाडौंका […]
काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
असार २७, २०७६ महेन्द्रनगर – कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् । स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का […]
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? मिति २०७६/०३/२७ गते […]