होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता
समाचार

बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

  • नागरिक रैबार
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौं, असार २९ ।  अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएरातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । बाढी, पहिरो र डुवानमा परेका १ हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन, धनुषा, सुर्खेत र डोल्पामा १/१ जनाको मृत्यु भएको छ । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।

विज्ञापन

त्यस्तै बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २÷२, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक/एक गरी २० जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिन्धुली ६, इलाम र मोरङमा ३/३, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक÷एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

बाढी र पहिरोमा परेका महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी ९ सय ७९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुवानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार