होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक लाख घुस सहित ३ प्रहरी पक्राउ
समाचार

एक लाख घुस सहित ३ प्रहरी पक्राउ

  • नागरिक रैबार
एक लाख घुस सहित ३ प्रहरी पक्राउ
असार २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवान सहित तीन जना लाई रु एक लाख घुस सहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारी लाई घुस सहित पक्राउ गरेको हो । सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राही संग घुस मागेका थिए । उनीहरुलाई टोखा नगरपालिका १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार