होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संशोधन गर्ने शर्तमा कांग्रेसको नियमावली पास
समाचार

संशोधन गर्ने शर्तमा कांग्रेसको नियमावली पास

  • नागरिक रैबार
संशोधन गर्ने शर्तमा कांग्रेसको नियमावली पास

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष प्रस्तावित नियमावलीमा संशोधन गर्न सहमत भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा आएको सुझावहरुका आधारमा परिर्माजन गर्ने जिम्मेवारी रमेश लेखक नेतृत्वको मस्यौदा समितिलाई दिँदै बैठकले नियमावलीलाई पास गरेको छ ।

२२ गतेबाट सुरु भएको नेतृत्वमा नियमावली पेश भएको थियो तर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरुले अनुशासन, आचार संहिता, भ्रातृ तथा सुभेक्षुक संगठन र लेबीसम्बन्धी प्रस्तावको विरोध गरेका थिए ।

पार्टीलाई नियन्त्रणमुखी बनाएको भन्दै संस्थापन इतरका नेताहरुले विरोध गरेका थिए । आइतबारको बैठकमा नेता कृष्ण सिटौलाई आचार संहितालाई पनि अनुशासनको कारबाहीको विषय बनाएको तथा नीतिगत बहसलाई समेत रोक्ने गरी प्रस्ताव आएको भन्दै प्रस्तावित नियमावलीको चर्को विरोध गरेका थिए ।

विज्ञापन

संस्थापन पक्षका नेताहरुले भने पार्टीमा अराजकता स्वीकार्य नभएको भन्दै समर्थन गरेका थिए । बैठकमा आएका सुझावहरुका आधारमा परिर्माजन गर्ने गरी नियमावली पास गरेको छ ।

साथै वर्षासँगै आएको बाढी तथा पहिरो प्रभावितहरुको राहत र उद्दारमा जुट्न साउन ७ गतेसम्म बैठक स्थगित गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार