होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • देशभर बाढी–पहिरोको कहर, मौसम विभागले निकाल्यो विज्ञप्ति
समाज

देशभर बाढी–पहिरोको कहर, मौसम विभागले निकाल्यो विज्ञप्ति

  • नागरिक रैबार
देशभर बाढी–पहिरोको कहर, मौसम विभागले निकाल्यो विज्ञप्ति

काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।

विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यहि समयमा मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी तर तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ । वर्षाका कारण बाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन्।

विज्ञापन

गृह मन्त्रालयले दिउँसो जारी गरेको सूचना अनुसार वर्षाका कारण गएको बाढी पहिरोले देशभर ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ९ जना बाढी र पहिरोमा परेर बेपत्ता भएको सूचना प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार