होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुधबारदेखि महँगिदै इन्टरनेट
समाचार

बुधबारदेखि महँगिदै इन्टरनेट

  • नागरिक रैबार
बुधबारदेखि महँगिदै इन्टरनेट

बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ ।

यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ ।

चालू वर्षको आर्थिक विद्येयकमै टीएससीको व्यवस्था गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) बीच सहमति भएपछि कम्पनीहरु उपभोक्तामाथि शुल्कको भार परेको थिएन ।

विज्ञापन

तर, सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारीसमेत गराइसकेका छन् । यो समाचार आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार