होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाका ५ वडा एकैसाथ साक्षर घोषणा
समाचार

बडीमालिका नगरपालिकाका ५ वडा एकैसाथ साक्षर घोषणा

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाका ५ वडा एकैसाथ साक्षर घोषणा

संगिता तिमिल्सेना /बाजुरा २७ असार। वडीमालिका नगरपालिकाका ५ वटा वडा एकैसाथ साक्षर वडा घोषणा गरिएका छन् ।
नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् ।


वडा नं ८ मा १५ देखि ६० वर्षसम्मका जम्मा ६ सय ७९ जनसंख्या रहेको वडामा महिला ३ सय ४९, पुरुष ३ सय ३० रहेका छन् । जसमा साक्षर महिला ३ सय २३, पुरुष ३ सय २४ गरी जम्मा ७ सय ४५ जना साक्षर रहेका छन् । कुल जनसंख्याको साक्षर महिलाको संख्या ९३ प्रतिशत, पुरुष ९८ प्रतिशत गरी वडामा ९५.२९ प्रतिशत साक्षर भएको वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

Image may contain: 1 person
नेपाल सरकारले लिएको साक्षर घोषणा वर्ष २०७६ को अभियानलाई सफल पार्नका लागि वडाले पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ । साक्षर घोषणा गर्नका सरकारले आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्याल्कुलेटर चलाएर हिसाब गर्न सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, १ देखि १ सय सम्मका अंक भन्न र लेख्नसक्ने, मातृभाषा र राष्टभाषा बोल्न र बुझ्न सक्ने लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षर घोषणा गर्न सकिने व्यवस्था रहेको र ति सुचकहरु पुरा गरेकाले वडा साक्षर घोषणा गरिएको वडा अध्यक्षहरुले बताएका छन् ।

विज्ञापन


यसैबिच नगरपालिकाको वडा नं ९ मा १५ देखि ६० वर्षसम्मका जम्मा १ हजार २ सय ३८ जनसंख्या रहेको वडामा महिला ६ सय ६, पुरुष ६ सय ३२ रहेका छन् । जसमा साक्षर महिला ६ सय ५७, पुरुष, ६ सय १६ गरी जम्मा १ हजार १ सय ९२ जना साक्षर रहेका छन् ।
कुल जनसंख्याको साक्षर महिलाको संख्या ९५ प्रतिशत, पुरुष ९७ प्रतिशत गरी वडामा ९६.२८ प्रतिशत साक्षर भएको वडा अध्यक्ष विनोद कुमार विकले बताउनुभयो ।
अध्यक्ष विकका अनुसार पनि वडा नं ९ मा नेपाल सरकारले निर्धारण सुचकहरु पुरा गरेकाले साक्षर वडा घोषणा गरिएको बताइएको छ । त्यस्तै वडा नं ४ पनि साक्षर घोषणा गर्नका लागि सरकारले निर्धारण गरेका ८ ओटा सुचक पुरा गर्दै साक्षर घोषणा भएको छ ।


वडा अध्यक्ष सुरेन्द्र नाथका अनुसार कुल जनसंख्याको ९५.३९ प्रतिशत जनसंख्या साक्षर रहेको बताइएको छ । त्यस्तै वडा नं २ लाइृ पनि साक्षर घोषणा गरिएको छ । वडा अध्यक्ष डम्मर महतका अनुसार वडामा कुल जनसंख्याको ९६.१९ प्रतिशत साक्षर रहेको बताइएको छ । वडा नं ३ पनि आजै साक्षर घोषणा भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार