होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त […]
काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ । आज र भोलि बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले […]
नागरिक रैबार/ बाजुरा २० कार्तिक । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखी सूरू भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी छन्। ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको छ । […]
कालापानीबारे सरकारले मुख खोेलेको छ। सरकारले भारतद्वारा हालै प्रकाशित राजनीतिक नक्शाबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै एक पक्षीय निर्णय अमान्य हुने जनाएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा सरकार स्पष्ट रहेको उल्लेख छ। ’दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट […]
नागरिक रैबार / बाजुरा २० कार्तिक । रानिवन स्पोट्र्स क्लबको आयोजनामा बाजुराको सदरमुकाम मार्तडीमा प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट सुरु हुने भएको छ । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा रानिवन स्पोट्स क्लबले लामो समयदेखि खेलकुद क्षेत्रको विकास निम्ती गरिरहेको पहलकदमीलाई निरन्तरता दिनको लागी पहिलो पटक बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ । सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म […]
डडेल्धुरा पुगेर १७ औं अनशन बसेक डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। केसीले अनसन सुरु गरेको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्। रक्तचाप निकै कम हुादा केसीलाई रिंगटा लाग्ने समस्या सुरु भएको हो। डडेलधुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र काडेलले भने, पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए। […]
कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको […]
भारतको नयाँ नक्साप्रति साझा पार्टीले आपत्ती जनाएको छ। नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि पार्टीले आपत्ति जनाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नक्सा सच्याउन माग गरेको छ। ‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति बाजुराका प्राविधिकहरुले प्राविधिकको समस्याका बारे ध्यानाकर्षण गराएका छन् । बुधबार कृषि मन्त्री चौधरीलाई ध्यानाकर्षण पत्र मार्फत बाजुरा जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई आवस्यक पर्ने प्राविधिक सेवा प्रभावकारी रुपमा संचालन गर्न स्थानीय निकाय संग समन्वय […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी […]
काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा […]
‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै […]
काठमाण्डौ । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो।
नागरिक रैबार/बाजुरा १७ कार्तिक। साईकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम साँफेबगर नगरपालिका ६ का पुर्ण सुनारका १४ वर्षिया छाेरा अनिल सुनार रहेका छन् । आइतबार विहान सुनारले सिक्नका लागि चलाईरहेको साईकल बुढीगंगा नगरपालिका ६ स्थित साँफे मार्तडी हाइवे सडक खण्डमा पर्ने बाम्का बजार नजिकैको पहिरोमा खसेको थियो । साइकल […]
१७ कात्तिक, काठमाडौं । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बा २ ख ७२४५ को बस चौतारा साँगचोकगढी नगरपालिका—९ स्थित सडकबाट तल सुनकोशी नदिमा खसेको हो । अहिलेसम्म ६ जनाको मृत्यु भएको र मृतकको सँख्या […]
हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर […]
ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नमः।। जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत […]
अछाम ९ कात्तिक। अरिंगालको टोकाइबाट अछाममा एकजनाको ज्यान गएको छ । जिल्लाको ढकारी गाउँपालिका–८ घोडासैनका ८४ वर्षीय धर्मे जैसीको ज्यान गएको हो । घर नजिकैको घारमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको ज्यान गएको हो । शुक्रबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको थियोे ।
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]