होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कृषि मन्त्री चौधरीलाई प्राविधिकको ध्यानाकर्षण
बाजुरा बिशेष

कृषि मन्त्री चौधरीलाई प्राविधिकको ध्यानाकर्षण

  • नागरिक रैबार
कृषि मन्त्री चौधरीलाई प्राविधिकको ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति बाजुराका प्राविधिकहरुले प्राविधिकको समस्याका बारे ध्यानाकर्षण गराएका छन् ।

बुधबार कृषि मन्त्री चौधरीलाई ध्यानाकर्षण पत्र मार्फत बाजुरा जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई आवस्यक पर्ने प्राविधिक सेवा प्रभावकारी रुपमा संचालन गर्न स्थानीय निकाय संग समन्वय गरि कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्दै आईरहेको छौ भन्दै ध्यानकर्षण गराएको नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिती बाजुराका अध्यक्ष रमेश विकले बताएका छन् ।

बाजुरा जिल्लाका दुर्गग स्थानहरुमा कृषकलाई अवश्यक पर्ने प्रांगारिक मल, फलफुलका विरुवा बाजुरा जिल्ला भित्रै उत्पादन गर्ने काममा अग्रसर गराई उपलब्ध गराउदै आईरहेका र बाजुरामा उत्पादन हुने जौ, कोदो आलु लगाएतका बालीहरुको बजार प्रर्वद्धनका लागी संकलन केन्द्र निमार्ण प्रशोद्धन आदिकार्यको लागी समन्वय गदै आईरका वि.कले बताउनुभएको छ ।
प्राविधिकको हालको अवस्था
एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोक सेवा आयोगको मापदण्ड लिखित, मौखिकको आधारमा छनोट भएका करारमा हाल स्थानिय तहमा खटिएर गएका एक एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकहरुलाई स्थानिय तहमा स्थाई दरवन्दि कायम नभई स्थानिय सरकारले मनोमानी ढंगबाट परिचालन गर्दा कार्यविवरणमा अनुरोध श्रृजना भएको ध्यानाकर्षण पत्र मार्फत जानकारी गाराइएको छ ।

विज्ञापन

हाल स्थानीय तहमा कार्यरत एक गाउँ एक प्राविधिक अथवा अस्थाई प्राविधिकहरु व्वस्थापनको लागी प्रदेश सरकार मार्फत निति तथा कार्यक्रमहरुको श्रृजना हुनु पर्ने, स्थानीय तहमा कार्यरत एक गाउँ एक प्राविधिकको क्षेमता विकासको लागी प्रदेश सरकार मार्फत बजेटको ब्यवस्था हुनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार