होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज र भोलि मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना: सतर्क रहन आग्रह
समाचार

आज र भोलि मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना: सतर्क रहन आग्रह

  • नागरिक रैबार
आज र भोलि मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना: सतर्क रहन आग्रह

काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ ।

आज र भोलि बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । यस्तै पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेकाे छ। पश्चिमी वायु र चक्रवातको प्रभावले उच्च पहाडी र हिमाली जिल्लामा हिउँ पर्ने हुँदा पर्वतारोहणमा जाँदा सावधानी अपनाउन माैसमविद्ले सुझाव दिएका छन् ।

सकेसम्म एक दुई दिन पर्वतारोहणमा नजान मौसमविद् पोखरेलको सुझाव छ । हिउँसँगै चिसो हावा चल्ने सम्भावना रहेकाले पर्वतारोहणमा हिँडनै परे पनि विशेष सावधानी अपनाउन उहाँको आग्रह छ । अबको एक दुई दिन नै मौसम यस्तै रहने पनि मौसम विद्ले बताएका छन् । अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार