होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स वितरण
समाचार

सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स वितरण

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स वितरण

सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ ।   सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता  खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो  ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा प्रदेश सरकारले हस्तान्तरण गरेको १६ वटा एम्बुलेन्समा  एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार