होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालि भुमिमा अतिक्रमणः भारतिय दुतावासमा विरोध पर्दशन
समाचार

नेपालि भुमिमा अतिक्रमणः भारतिय दुतावासमा विरोध पर्दशन

  • नागरिक रैबार
नेपालि भुमिमा अतिक्रमणः भारतिय दुतावासमा विरोध पर्दशन

कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ ।

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरा तर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

विज्ञापन

काठमान्डौको सुर्यविनायक चोकमा भएको आमसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको भूमि अतिक्रमण गर्दा पनि नेपाल सरकार केही नबोलेको भन्दै विरोध गर्नुभयो । उहाँले १९६१ मा नेपाल र चिनबिच भएको सम्झौतामा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनि भएको प्रमाण आफुहरुसँगै भएको दावि गर्नुभयो ।

कमल बिनायकबाट सुरु भएका र्यालि सुर्यबिनायक पुगेर आमसभामा परिणत भएको थियो । आफ्नो भूभाग अतिक्रमण गर्दा पनि नेपाल सरकार चुपलागेर बसेको भन्दै सरकारलाई सचेत गर्न र्यालि निकालेको सुवालले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै