होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • उपनिर्वाचनको उम्मेदवारी दर्ता आज, हेर्नुहोस् कार्यतालिका
पत्रपत्रिका

उपनिर्वाचनको उम्मेदवारी दर्ता आज, हेर्नुहोस् कार्यतालिका

  • नागरिक रैबार
उपनिर्वाचनको उम्मेदवारी दर्ता आज, हेर्नुहोस् कार्यतालिका

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की २ बाट निर्वाचित नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। तीन जना प्रदेशसभा सदस्यको पनि निधनपछि पद रिक्त भएको थियो। आयोगका अनुसार दाङको क्षेत्र ३ को (ख), बाग्लुङको क्षेत्र २ को (ख) र भक्तपुर क्षेत्र १ को (ख) मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको हो।

आयोगले बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २३ गते नै मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तय गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

विज्ञापन

स्थानीय तहका रिक्त सदस्यका लागि कात्तिक २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगले उम्मेदवारको चुनावी खर्चको सीमा भने अघिल्लै निर्वाचनको निर्धारण गरिएको जनाएको छ। आयोगले उपमहानगरपालिका प्रमुखको लागि साढे ५ लाख, वडा अध्यक्षका लागि साढे २ लाख, नगरपालिकाको वडा अध्यक्षका लागि २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख र वडा अध्यक्षका लागि डेढ लाख रुपैयाँ खर्च सीमा तोकेको छ।

प्रदेशसभा सदस्य उम्मेदवारका लागि १५ लाख र प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि २५ लाख रुपैयाँ खर्चको सीमा तोकिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए। आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनाव प्रचारप्रसारका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिन दिएको छ।

आयोगले कात्तिक ८ गते नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ। ‘चुनावको सुरक्षा व्यवस्थालाई चुस्त, भरपर्दो र प्रभावकारी बनाइ स्वच्छ, निष्पक्ष र भयरहित उपनिर्वाचन सञ्चालन गर्न जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरमा एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रमुख आयुक्त थपलियाले भने। आयोग र सुरक्षा निकाय बीच सम्पर्क, समन्वय र सहजीकरण गर्न आयोगका आयुक्तको संयोजकत्वमा गठित उच्चस्तरीय सुरक्षा समिति क्रियाशील तुल्याइएको छ।

आयोगले १६ नयाँ दर्ता भएका दलसमेत १ सय १ दलले उपनिर्वाचनमा भाग लिँदै छन्। आयोगले चुनाव चिह्न वितरण गरिसकेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिने आयोगले जनाएको छ। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले मतदान गर्न पाउनेछन्। आयोगका अनुसार यो उपचुनावमा कुल मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार