होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सल्लाह गरेझै गरेर आएको कोरोनाले मानव जातिमा उथलपुथल पारिरहेको छ।मानिसहरू त्रसित भएका छन । यसलाई रोकथाम गर्न सरकारले ठोस कदम चाल्नु पर्छ। करिब आजभन्दा दुई /तीन महिना अगाडि त राम्रै सङ्ग थाहा थियो सरकार चलाउनेलाई हल्ला चलेको र यो तीब्र रुपमा फैलिने महमारी हो भनेर।साय त्यतिबेलै सोच्नु पर्थ्यो अब सरकारले होशियार पुर्बक कोरोना विरुद्ध लड्ने […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुरा जिल्लाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि अमेरिका बस्ने बाजुराकै एक चेलीले सर्जिकल मास्क सहयाेग गरेकि छन् । हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरूले मास्क समेत नपाएको बेला उनले स्वास्थ्यकर्मीहरूका लागि १८ सय सर्जिकल मास्क सहयाेग गरेकि हुन् । बाजुराको बुढिगंगा नगरपालिका १ कुडि घर भइ हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले […]
कोरोनाका कारण देखा परेको विश्वव्यापी आर्थिक मन्दीले हाम्रो कमजोर निर्यात क्षेत्रलाई झन् ठूलो धक्का पु-याउनेछ कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व अर्थ व्यवस्थामा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका […]
८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई सहयाेग गर्ने भएकाे छ । विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंँ नछाड्न समेत आग्रह गरेको हो । नेकपाको काठमाडौँ जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौँ […]
काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप प्रयासबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेका प्रयासहरु, लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सरकारी स्तरबाट गर्न सकिने थप सहयोग […]
८ वैशाख, जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन […]
जनवरी २२ मा चिनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाईरस करिव ४ महिनामा विश्वका प्राय सवै देशमा पुगेर करिव २३ लाख भन्दा वढी मानिसमा यसको संक्रमण देखिएको छ भने करिव एक लाख साठी हजार भन्दा वढी मानिसले ज्यान गुमाएको अवस्था छ । यसरी सरसरती हेर्दा समय र भुगोलका हिसावले हेर्दा यति छोटो समयमा यसरी विश्वभरी फैलिएर […]
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका- १ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३० बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर आत्महत्या गरेका हुन् । राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गरेका थिए।राजेन्द्रकी जेठी श्रीमती […]
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनताको स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ । मन्त्री शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताए । लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो । प्रवासमा रहने नेपाली […]
रामबहादुर वि.क./ बाजुरा ७ बैशाख। त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साँउदले सेवाबाट राजिनामा दिएका छन् ।संकटको बेलामा नगरपालिकाले राहत वितरण गर्दा प्रशासनिक रुपमा कार्यकारी प्रमुखको सल्लाह विपरीत जनप्रतिनिधीहरले मनोमानी गरेको भन्दै साँउदले राजिनामा दिएको बताएका छन् । यद्यपी साँउदले आफ्नो स्वच्छिक अवकास लिने समय आउन ३÷४ महिना मात्र बाँकि रहेका बेला नगरपालिकामा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीले रुप लिन नसक्ने बताएका छन् । संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएको उनले बताए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री […]
काठमाडौं । के नेपालमा चार महिना अघि नै कोरोनाभाइरसको संक्रमण भित्रिएको थियो ? जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिको सार अनुसार नेपालमा चार महिना अघि नै कोरोना संक्रमण भित्रिएको बुझ्न सकिन्छ । जतिबेला चीनको ऊहानमा बल्ल कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै थियो, त्यस लगत्तै नेपालमा धुमधामका साथ भ्रमण वर्ष मनाइँदै थियो । सन् २०२० […]
काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
काठमाडौं : भातरमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन् । विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने । […]
काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली […]
धनगढी: कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट पनि जारी छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार आइतबारसम्म सुदूरपश्चिममा दुई हजार दुई सय ३१ जनाको र्यापिड टेष्ट गरिएकोमा सोमबार थप ७८ जनाको र्यापिड टेस्ट गरिएको छ। यो संगै प्रदेशका नौँ जिल्लाका विभिन्न क्वारेन्टाईमा रहेका दुई हजार तीन सय ९ जनाको […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो । जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बडीमालिका नगरपालिका वडा नं. ९ का २० जना एकल महिलालाई दाउरा सहयोग गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बाउली स्थित घामताप्नेमा रहेको थ्रि ए.पि.एस आरामिल उद्योगले वडा भित्रका २० जना एकल महिलालाई दाउरा सहयोग गरेको हो । विश्वभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले पटक पटक लकडाउनको समयावधि थप्दै […]
बैशाख १, कैलाली । नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा नेपाल फोटो पत्रकार महासंघ कैलालीले भिडियो कल मार्फत सोमबार शुभकामना आदान प्रदान गरेको छ । महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाल लकडाउनमा भएका बेला घरमै बसी प्रबिधिको प्रयोग गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान संगै कोरोना भाईरस नियन्त्रणका […]
कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् । सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द […]