होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोना र समसामयिक विषयका लागि मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्य-जीवनशैली

कोरोना र समसामयिक विषयका लागि मन्त्रिपरिषद् बैठक बस्दै

  • नागरिक रैबार
कोरोना र समसामयिक विषयका लागि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप प्रयासबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेका प्रयासहरु, लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सरकारी स्तरबाट गर्न सकिने थप सहयोग तथा अन्य समसामयिक विषयमा छलफल गर्ने तयारी भएको जनाइएको छ।

बैठकमा केही मन्त्रालयगत एजेण्डाहरु पनि प्रस्तुत हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका पदाधिकारीलाई लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका थिए।

विज्ञापन

लकडाउनको समयमा थुप्रै मानिसहरु लामो पैदल यात्रामा निस्किन थालेपछि विभिन्न ठाउँका स्थानीय सरकारले उद्धार गर्ने र गाडीको व्यवस्था गरेर घर पठाउने काम सुरु गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार